महेश्वर न्यौपानेलाई गृहसचिव बनाउने मन्त्रिपरिषद्‍को निर्णय

समाचार

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले महेश्वर न्यौपानेलाई गृह सचिव बनाउने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले न्यौपानेलाई गृहसचिव बनाउने निर्णय गरेको हो। न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव हुन्।

‘अख्तियारका सचिव महेश्वर न्यौपानेलाई गृह सचिव बनाउने निर्णय भएको छ,’ बैठकमा सहभागी एक मन्त्रीले नेपाल लाइभसँगको फोन सम्पर्कमा भने।

न्यौपाने पर्यटन मन्त्रालय, सार्वजनिक खरिद अनुगमन हुँदै अख्तियार पुगेका सचिव हुन्।

गृहसचिव प्रेमकुमार राई आगामी माघ २२ गते पाँच वर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुँदैछन्। उनले हालै राजीनामा समेत दिईसकेका छन्।

राईको राजीनामापछि गृहसचिवका लागि सचिवहरूको दौडधुप सुरु भएको थियो। गृहसचिवमा ४ जना सचिवले दावेदारी प्रस्तुत गरेका थिए।

महेश्वर न्यौपाने, केदारबहादुर अधिकारी र लक्ष्मण अर्यालले दाबेदारी प्रस्तुत गरेका थिए।

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव न्यौपाने पर्यटन मन्त्रालय, सार्वजनिक खरिद अनुगमन हुँदै अख्तियार पुगेका थिए।

यसैगरी सोमबारकै मन्त्रिपरिषद् बैठकले प्रदेश १ का मुख्य सचिव सुरेश अधिकारीलाई अख्तियारमा पठाउने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *