८ एसपीको सरुवा, पर्सामा गंगा पन्त

समाचार

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यकालयले मंगलबार ८ प्रहरीको सरुवा गरिएको जानकारी दिएको हो।

काजको सूचीअनुसार यसअघि जिल्ला प्रहरी कार्यालय चितवनको सरुवा भएकी गंगा पन्तलाई चितवनको जिम्मेवारी दिइएको छैन।

पन्तको जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनमा भने नान्तिराज गुरुङलाई पठाइएको छ।

पर्साका एसपी सोमेन्द्र सिंह राठौरलाई महानगरीय प्रहरी परिसर काठमाडौं काज सरुवा गरिएको छ।

परिसर काठमाडौंका एसपी अशोक सिंह प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा सरुवा भएका छन्।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाराका एसपी विकासराज खनाललाई दंगा नियन्त्रण प्रहरी गण सुनवलमा ‍पठाइएको छ।

बारामा कृष्ण पंगेनीलाई जिम्मेवारी तोकिएको छ भने दीपक रेग्मी पूर्वी नवलपरासीमा सरुवा भएका छन्।

एसपी माहेनप्रसाद पोखरेललाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *