कविता
शीर्षक — मनको अन्तर
मन सबैको हुन्छ
एउटै मनका कोही हुॅदैनन
मन भित्र गुम्सिएका
भावनाहरूलाई केलाएर हेर्दा
भिन्दा भिन्दै देखिन्छ
कसैको मन
ठूलो हुन्छ भने
कसैको सानो
ठूलो मनको सोच
उच्च विचारले
भरिएको छ भने
सानो मनको सोच
सन्देह र ईर्ष्याले
भरेको देखिन्छ
कोमल छ मन
कसैको त
कसैको छ कठोर
भयभीत छ मन
कसैको त
कसैको छ निडर
कसैको मन
अरूको पीडामा
पीडित हुन्छ
भने
कोही पीडा
बुझेर पनि
वास्ता गर्दैनन
हो! यहाॅ कसैको
मनलाई बुझ्न
स्वाभाविक छैन
साह्रै नै गाह्रो
अनि साह्रो छ
वास्तवमा
दया र मायाले
भरेको मन
बिलाएर
गएछ।
💐💐
नीता गुरूङ भाटिया।
असम, भारत।