काठमाडौं । राजसंस्थासहित हिन्दू राज्यको माग राख्दै जेठ १५ गतेदेखि अनिश्चितकालिन आन्दोलन गरिरहेका राजावादीहरुले धर्ना शुरु गरेका छन् । केहीबेर अघि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेपछि त्यसैको विरोधमा धर्ना शुरु गरिएको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठकाले थापासहित आइतबार पक्राउ परेका सबैलाई चाँडोभन्दा चाँडो रिहाइ गर्न माग गर्दै धर्ना सुरु गरिएको बताए । उनले पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरेसम्म आन्दोलन थप चर्को बनाउने बताए ।
यता, प्रहरीले भने निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।