लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको छ । काठमाडौं गोर्खाजलाई हराउँदै लुम्बिनीले विहीबार विराटनगर किंग्ससँग दोस्रो क्वालिफायरमा खेल्ने भएको हो । उक्त खेलको विजेताले शनिबार उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ ।






















