यो सङ्कटको घडीमा चितवनमा रेणु दाहालले गरिन यस्तो काम !

नारायण अधिकारी – यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाको नेतृत्व महिलाले गर्नुभएको छ । ती निकायका प्रमुखमा क्रमशः रेनु दाहाल, प्रभा बराल र गीता गुरुङ हुनुहुन्छ । दाहाल तत्कालीन नेकपा (माओवादी) केन्द्र, बराल नेकपा एमाले र गुरुङ नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको हो ...

क्वारेन्टाइनमा बस्नेलाई दैनिक रु ५१० दिने सरकारको निर्णय

पोखरा, २ वैशाख । गण्डकी प्रदेश सरकारले कोभिड–१९ को स ङ्क्रम ण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि अबदेखि रकम उपलब्ध ...

फेसबुकमा अफवाह फैलाएको आरोपमा पत्रकार पक्राउ

वैशाख, वीरगञ्ज । सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा प्रहरीले मकवानपुरको हेटौंडाबाट एक पत्रकारलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं ४ बस्ने ३० बर्षका रवीन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले मंगलबार हेटौंडाबाट नियन्त्रणमा लिएको हो । रवीन्द्रले भ्रामक खबर फैलाएर सामाजिक शान्ति...

राजधानीमा कामदारकाे पीडाः कस्तो सरकार! न काठमाडौंमा खान दिन्छ, न घर जान दिन्छ

काठमाडौं। नागढुंगा नाकाको प्रहरी चेकपोस्टभन्दा केही तल दुईवटा मालवाहक ट्रक रोकिएका छन् । बाहिर मानिसको भिड मेला लागे सरह छ । अधिकाशंका काठमाडौंको कन्ट्रक्सन साइटमा काम गर्ने कामदारहरु हुन् । लगातारको लकडाउनका कारण खान नपाउने अवस्था आएपछि उनीहरु घर जान खोजिरहेका छन् । कोही नेपालगञ्ज पुग्नुपर्ने बताउँछन त कोही वीरगञ्ज । ...

वितरण गरेको राहतको चामल नै यस्तो सडेको र ढुसी परेको भेटिएपछि…

यहाँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ । बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ । चामलको रङ कालो भएको र अमिलो गन्ध आएको राहत पाउने स्थानीयवासीले बताएका छन् । चामल तीनचार पटक पखाल्दा पनि कालो नगएको तथा एकदुई छाक पकाएर खाँदा...

धनगढीका घरघरमा ड्रोन मार्फत औषधी

गोदावरी । कैलालीको धनगढीमा ‘दैलोमै दबाई’ अभियान थालेको बोलन्या थलीले ड्रोनमार्फत घर–घरमा औषधि पुगाउन थालेको छ । क्यान फारवेष्टसँगको समन्वयमा ड्रोन मार्फत नै बिरामीको घरमै औषध पुगाउन थालिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताउनुभयो । लकडाउनको यो बेला अत्यावश्यक औषधिको समस्या झेल्दै आएका बिरामीलाई घरमै पुगेर निःशुल्...

आफ्नै देश फर्क भनेकाे अस्ट्रेलियाले नेपाली विधार्थीको लागि दियाे खुशीको खबर!

अस्ट्रेलियामा विद्यार्थी भिसामा रहेका विद्यार्थीलाई राहतस्वरुप त्यहाँको अध्यागमन तथा नागरिकता मन्त्रालयले आफ्नो सुपर एनएसन रकम झिक्न पाउने व्यवस्था गरेको छ । निमित्त मन्त्री एलज टजले एक विज्ञप्ति जारी गर्दै अस्थायी भिसामा रहेका कसैले अहिलेको अवस्थामा अत्यन्तै गाह्रो भएको र आगामी ६ महिनासम्म आफूलाई सहयोग गर्न नसक्ने अवस...

गभर्नरलाई डेपुटी गभर्नरले भने– यो खुबी देखाउने मौका हो

काठमाडौं । वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीसँग मिलेर काम गर्ने बताएका छन् । गभर्नरको दौडमा आफु पछाडि परे पनि अधिकारीलाई पूर्ण रुपमा सहयोग गर्ने बताएका हुन् । मंगलबार नवनियुक्त गभर्नर अधिकारीलाई स्वागत गर्दै सिवाकोटीले भने, ‘म पनि गभर्नरका लागि योग्य थिए, हामी योग्य थियौं तर ह...

अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध बैशाख १८ सम्म लम्ब्याइयो

काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । अन्तरिक उडानबारे भने छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए । यसअघि ३ वैशाखसम्म आन्त...

हामी त घरमा बस्छौं, तिमी के गर्छौ सरकार ?

काठमाडौं । फ्रान्सबाट फर्किएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएपछि सरकारले देशभर लकडाउन घोषणा गर्‍यो । जसलाई आम नागरिकले सहर्ष स्वीकार गरे । सरकारले सुरुमा सात दिनलाई भन्यो, नागरिकले आफूलाई घर/फ्लाट/कोठाको चौघेरामा सीमित गरे । १८ गते बिहान ६ बजेको भाका नसकिँदै सरकारले फेरि भन्यो, अब २५...