बुटवल । गत महिना प्युठानको झिम्रुक खोलामा मृ’त फेला परेकि एक महिलालाई श्रीमानले ह’त्या गरेर फालेको खुलासा भएको छ । गत साउन १७ गते झिम्रुक खोलाको बगरमा मृ’त फेला परेकी गौमुखी गाउँपालिका वडा नम्वर ७ नारीकोटकी २६ वर्षीया माया विकलाई उनकै श्रीमान हरिबहादुर विकले घाँटी निमोठेर ह’त्या गरेको प्रहरी समक्ष स्वीकार गरेका हुन् । श्रीमानको बयानले प्यूठान प्रहरी प्रमुख नरेन्द्र कार्की चकित परकाे छन् ।
उनले सुरुमा साउन १४ गते राती ह त्या गरि बाँस रोप्न खनेको खाल्डोमा लगेर पुरेको बताउँदै पछि आफ्ना बाबु र छिमेकीको सहयोगमा श’व बोकेर झिम्रुक खोलामा लगेर फालेको निजले स्वीकार गरेको प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए । अभियुक्तलाई पूर्पक्षका लागि अदालतले कारागार चलान गरेको र श’व खोलामा लगेर फाल्न सघाउने अभियुक्तका बाबु र छिमेकीलाई धरौटीमा छाड्ने आदेश भएपनि धरौटी बुझाउन नसकेर कारागारमै रहेको डिएसपी कार्कीले बताए ।
अभियुक्तका बाबु पुड्के कामीलाई डेढ लाख धरौटी र छिमेकी महेन्द्र सावतलाई १ लाख धरौटीमा छाड्ने अदालतको आदेश रहेको मृ’तक माया विकका दाजु कृष्णबहादुर सुनारले बताए । ती दम्पत्तीबीच साउन १० गते राती झ’गडा भएको थियो । श्रीमानले ज्यान मा’र्न सक्ने डरले माया नारीकोटकी अगुवा महिला मधु जिसीकहाँ घाँटीमा नि’लडा’म लिएर पुगेको समेत खुलेको छ ।
सोही दिन मधुको सल्लाहमा उनी स्थानीय ईलाका प्रहरी कार्यालयमा उजुरी दिन पुगेकी थिइन् । त्यसबेला उनका श्रीमान हरिबहादुरलाई प्रहरीले बोलाएर मिलापत्र गराएको थियो । त्यसको रिस साँ’धेका हरिबहादुरले श्रीमतिले कानमा लगाएका सुनका झुम्का माग्दै नि’हुँ खोज्दै आएको मृ’तकका दाजु सुनारले बताए ।
घटनाबारे डिएसपी कार्की भन्छन्– ‘घरमा सामान्य विवाद चलेलगत्तै श्रीमतिले दा’उराले हा’नेपछि आफुले घाँटी थि’चेर ह’त्या गरि खा’ल्डोमा लगेर गा’डेको र पछि झिम्रुक खोलामा लगेर फालेको निजले स्वीकार गरेको छ ।’ माया विकको माईती घर सोही गाउँपालिका वडा नम्वर ४ खुङ हो । उनीहरुबीच ६ वर्षअघि प्रेमविवाह भएको थियो । उनीहरुकी ५ वर्षकि छोरी छन् । गत ३ वर्ष यता उनीहरुको सम्वन्ध बि’ग्रेको थियो । त्यसयता हरिबहादुरले श्रीमतिलाई कु’टपि’ट समेत गर्दै आएको जनाइएको छ ।