कोरोना विरुद्धको लडाइमा प्रियंका चोपडाको एक लाख डलर सहयोग

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसविरुद्ध लड्नको लागि १ लाख डलर सहयोग गर्ने भएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफुले कोरोनाविरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने बताएकी हुन् । उनले श्रमजिवी महिला र सुरक्षा निकायमा खटिएका महिलाका लागि १ लाख डलस सहयोग गर्ने भएकी हुन् ।

अभिनेत्री प्रियंकाले हरेक साता प्रेरणादायी महिलाहरुको कथासहित प्रत्यक्ष प्रसारणमा हुने पनि बताएकी छिन् । यसअघि पनि अभिनेत्री प्रियंकाले सामाजिक सञ्जालमार्फत् शारीरिक दूरी कायम गर्नेदेखि हात धुने सचेतना फैलाउदै आइरहेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार