शिवजीलाई मास्क लगाइदिएको तस्वीर भाइरल

काठमाडौं – अहिले कोरोनाभाइरसका कारण विश्व नै त्रसित बनिरहेको छ । चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरसले अहिले अन्य देशमा पनि आतंक मच्चाइरहेको छ । कोरोनाबाट बच्न मानिसहरुले विभिन्न उपायहरु लगाइरहेका छन् जस्तै साबुन पानीले मज्जाले मिचेर धुनु, भीडभाडमा नजानु र मास्क प्रयोग गर्नु । सरकारले पनि कोरोना फैलन नदिन जनस्तरमा विभिन्न सचेतना फैलाइरहेको छ । यसैक्रममा हालै सामाजिक सञ्जालमा एक तस्वीर भाइरल बनेको छ ।

भारतको वराणसीको एक मन्दिरमा पुजारीले भगवान शिवलाई मास्क लगाइदिएको एक तस्वीर सामाजिक सञ्जालभरी देखिएको छ । वराणसीको पहलादेश्वर महादेवको मन्दिरमा भगवान शिवको मूर्तिलाई नछुन अनुरोध गरेको बताइएको छ ।

भारतिय मिडियाका अनुसार यस मन्दिरका पुजारी कृष्णा आनन्द पाण्डेले कोरोनाभाइरस पूरै देशमा फैलिनु पहिले मानिसहरुलाई चेतना फैलाउन भगवान शिवको मूर्तिमा मास्क लगाएको बताएका छन् । उनल मन्दिरमा आउने सबै भक्तजनलाई मास्क अनिवार्य गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार