चीनको सेनजेन प्रान्तमा गरियो कुकुर र बिरालो खान प्रतिबन्ध

काठमाडौं – चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका धेरै देशमा फैलिसकेको छ । कोरोनाभाइरसकै कारण चीनमा हालसम्म ३ हजार ३ सयको ज्यान गइसकेको छ । अहिले सामाजिक सञ्जालमा कोरोनाभाइरसको संक्रमण जनावरबाट नै शुरु भएको चर्चा चलिरहेको छ ।

सामाजिक सञ्जालमा विभिन्न जनावरको नाम लिएर कोरोना फैलिएको बताइएको छ । यसैक्रममा हालै चीनको एक प्रान्तमा कुकुर र बिरालो खान प्रतिबन्ध गरिएको छ । चीनको सेनजेन प्रान्तमा कुकुर र बिरालो बेच्न र खान पनि प्रतिबन्ध लगाइएको हो । सेनजेन प्रान्तमा अब जंगली जनावर मार्न पनि नपाइने भएको छ । धेरै जंगली जनावरको मासु पाइने बजार पनि बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार