नोट बटार्ने अनौठो प्रतियोगिता, जहाँ हातमा आएको लैजान पाइन्छ

काठमाडौं – हामिले विभिन्न प्रतियोगिता देखेको र सुनेका छौं । तर चीनमा भने एक अनौठो प्रतियोगीता छ । यो प्रतियोगीतामा नोट बटार्न च्यालेन्ज दिने गरिन्छ । यो प्रतियोगीता चीनको एक झेजियांग प्रान्तमा हुने गर्छ ।

प्रतियोगीतामा मानिसहरुलाई खुला नोट बटार्न दिने गरिन्छ । जसले धेरै नोट बटार्न सक्छ उसले त्यती नै लान पाइन्छ । चीनमा यो प्रतियोगीताको निकै चर्चा हुने गर्छ । यस्तै चीनमा उक्त प्रतियोगितामा धेरै भन्दा धेरै नोट बटार्ने समय १ मिनेट दिइएको थियो ।

उक्त प्रतियोगीतमा ५ करोड पैसा राखिएको थियो । जसले धेरै नोट बटार्न सक्यो उसलाई पुरस्कारको व्यवस्था गरिएको थियो । कोझोऊ शहरकी एक महिलाले प्रतियोगितामा विजेता भइन् । उनले १ मिनेटमा १८ हजार तीन सय युआन जित्न सफल भइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार