आँचलका श्रीमान् उदिप र सिपोरा गुरुङको प्रेमकथा: अमेरिकामा बसेको माया यसकारण टुट्यो (भिडियो हेर्नुस्)

काठमाडौं । नायीका आँचल र चितवनका डाक्टर उदिप श्रेष्ठको विवाह भएपछि गुमनाम बनेकी सिपोरा गुरुङको नाम पनि अचानक चर्चामा आयो । उनी फिल्म नायिकासंगै भलिवल खेलाडी पनि हुन् । दुई वर्ष अघि भुँईमान्छेमा अभिनय गरेपछि भने अहिले उनी अध्ययनका लागि अमेरिकामा छन् । आँचलसंग विवाह हुनु अघि अझ भनौं २ वर्ष अघि सिपोराले टेलिभिजन अन्तरवार्ताका क्रममा उदिपलाई आफ्ना प्रेमी भनेर चिनाएकी थिइन् । उनको त्यही अन्तरवार्ताका कारण उदिपको विवाह पछि अचानक सिपोराको नाम पनि चर्चामा आयो ।

फिल्म भुईमान्छे प्रदर्शनका क्रममा उनी उदिप श्रेष्ठसंग प्रेममा रहेको कुरा खुलेको थियो । उनले फेसवुकवाट आफु उदिपसंगको प्रेममा रहेको बताएकी थिइन् । पछि उनले टेलिभिजन अन्तरवार्तामा पनि बताइन् । उनले दुई वर्ष देखि उदिपसंग प्रेममा रहेको बताएकी थिइन् । उनले अमेरिकाको लस एन्जलस स्थित युनिभर्सल स्टुडियो अगाडी उनीसंगै रहेको तस्विर सार्वजनिक गर्दै उनले आफुहरुको प्रेमको बारेमा सार्वजनिक गरेकी थिइन् । केही वर्ष अघि उदिपको परिवार पनि फिल्म क्षेत्रसंग सम्बन्धित थियो । तर अहिले उनको परिवार फिल्म क्षेत्रवाट टाढिएको छ ।

विवाह पछि पहिलो पटक अन्तरवार्तामा उपस्थित भएका आँचल र उदिपले पनि यो कुरा स्वीकार गरेका छन् । उनीहरुले सिपोराको नाम भने लिएनन्, आँचलले भनिन् म भन्दा अगाडी फिल्म क्षेत्रकै एक जनासंग नाम जोडिएको मलाई थाहा छ । उनले उदिपको विगतले आफुहरुको सम्बन्धमा कुनै फरक नपर्ने बताएकी थिइन् । खेल अभिनय फरक विधामा आफ्नो पहिचान बनाएकी सिपोरा खेलाडी भएका कारण पनि आफुलाई फिट राखेकी थिइन् । १४ वर्षको उमेर देखि उनी ६ वर्ष सम्म भलिवलको राष्ट्रिय खेलाडी थिइन् ।

एक त खेलाडी त्यसै माथि उनी सुन्दर थिइन् । त्यसैले उनी शारिरीक रुपमा पनि सुन्दर भएका कारण उनी फिल्म क्षेत्रमा पनि आइन् । नेपाली सेनाका रिटायर्ड रहेका उनका बुवाका कारण उनी खेल क्षेत्रमा आएकी थिइन् । उनले बुवाले आफुलाई खेल क्षेत्रमा आउन प्रेरणा दिएको बताइन् । उनले मिस नेपालमा पनि नाचेर अवार्ड पाएकी थिइन् ।

त्यसयता जुनजुन क्षेत्रमा उनि क्रियासिल रहिन सबै क्षेत्रबाट चर्चा पाउन सफल भईन । खेल जिवनलाई थाति राखेर अभिनयलाई प्राथमिकता दिएकी नायिका सिपोराले चलचित्र “भुईमान्छे”मा अभिनय गरिन् । अस्पतालमा ला सको पोष्मार्टन गर्ने समुहकी एक सदस्यका रुपमा अभिनय गरेकी नायिका सिपोरा गुरुङको अभिनय यात्रा “यम्फावती” द प्रिन्सेस बाट सुरु भएको हो ।

भिडियोः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार