प्रेमी जोडीहरुको ‘लकडाउन’मै हनिमुन र लभ, यसरी सुनाए आफ्ना अनुभव (भिडियो हेर्नुस्)

काठमाडौं । नायीका प्रियंका कार्की र आयुष्मान देशराज, नायीका आँचल शर्मा र उदिप श्रेष्ठको भर्खरै विवाह भएको हो । उनीहरुको भब्य समारोहकाबीच विवाह गरेका हुन् । भर्खरै विवाह गरेका कारण उनीहरुको हनिमुनका लागि बाहिर जाने योजना थियो होला । तर कोरोना भाइरसको जोखिमका कारण सरकारले लकडाउनको घोषणा गरेपछि उनीहरुको दैनिकी घरमै बितेको छ ।

उनीहरु घरमै एकअर्कालाई समय दिइरहेका छन् । हनिमुन मनाउन काठमाडौं बाहिर जाने योजना रोकिएको छ । कुनै सार्वजनिक कार्यक्रममा पनि जान नपाउने भएपछि कलाकारहरु अहिले सामाजिक सञ्जालमा रमाएर आफ्नो समय बिताएको देख्न सकिन्छ । केही दिन अघि नायीका प्रियंका र आयुष्मानको लकडाउनमा आफुहरुले घरमा गरेका कृयाकलापका तस्विर सार्वजनिक भएका थिए । प्रियंकाले आयुष्मानको टाउकोमा मसाज गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिन् । त्यस्तै आँचल र उदिप पनि भर्खर विवाह गरेर घरमै परिवारका सदस्यहरुसंग समय विताइरहेका छन् । उनीहरुका पनि केही तस्बिर र भिडियो सार्वजनिक भएको छ ।

उनीहरुमात्र होइन नायक पल शाह, आकास र नायीका पुजा शर्माको पनि विभिन्न कृयाकलापमा भिडियो सार्वजनिक भएका छन् । पल शाह आफ्नो घरमा परिवारका साथमा पपकर्न र कालो चिया खाँदै गरेको अवस्थाको भिडियोमा देखिएका छन् भने पुजा र आकास भिडियो च्याटमा मस्ति गरेको देख्न सकिन्छ । त्यस्तै नायक राजेश हमाल पनि सामाजिक सञ्जाल मार्फत आफ्नो मस्ती सार्वजनिक गरेका छन् । उनले मुखुण्डो लगाएर पत्नीका साथमा नाचेको भिडियो सार्वजनिक गरेका छन् ।

लकडाउन भनेको मानिसहरु जहाँ छन् त्यही सुरक्षित बस्ने हो । घर बाहिर ननिस्ने र भिडभाडमा नजाने हो । सरकारले कोरोना भित्रन नदिन दोस्रो पटक लकडाउनको घोषणा गरेको छ । लकडाउनको एक साता पुरा भएपछि थप एक साताका लागि लकडाउन थपिएको छ । मानिसहरु घर बाहिर ननिस्कन आग्रह गरिएको छ । अहिले सम्म विदेशवाट आएकालाई मात्र कोरोना देखिएको छ । नेपालमा कोरोना फैलिएको छैन । कोरोना फैलिएका देशहरुमा दिनहुँ सयौंका मानिसको निधन भएको छ । त्यस्तो भ या व ह अवस्था आउन नदिन सरकारले लकडाउनको घोषणा गरेको हो ।

बाहिर निस्केर एक अर्काको सम्पर्कमा आउँदा कोरोना सर्न सक्ने भएकाले घर भित्रै बस्नु भनिएको हो । तर मानिसहरु वजारमा आवतजावत गरेको देखिन्छ । सुरक्षाका लागि सडकमा तैनाथ सुरक्षाकर्मीका लागि सडकमा निस्किएका मानिसलाई ब्यवस्थापन गर्नु निकै ठूलो स म स्या देखिएको छ ।

भिडियोः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार