कस्तो अचम्म! फोटोमा देखेर युवकसँग विबाह गर्दा भयो युवतीकाे यस्तो बेहाल, विबाहकै रात देखियो यस्तो

सुहागरातकै बेला चलचित्रको सिनमा झै आफुले भनेको दुलाह नभएर अर्कै दुलाह पाएको खण्डमा के हुन्छ होला त दुलहिको हाल ? यस्तै भएको छ पंजाबमा । केही दिनअघि पंजाबको लुधियानाकी एक युवतीलाई एक युवकको फोटो देखाएर बिहे गर्न भनिएको थियो । फोटो हेरेर युवती पनि बिहे गर्न राजी भइन् ।

उनको विवाह पनि भयो । सुहागरातका बेला जब बेहुलीको कोठामा अर्कै व्यक्ति आए त्यसपछि बेहुलीले बेहुलालाई खोजिन् । ती व्यक्तिले आफू नै बेहुला भएको बताएपछि भने बेहुलीको होसहवास उड्यो । पंजाबकी ती बेहुलीले बेहुलाको पोल खुलेपछि भने सुहागरातकै लागि अस्वीकार गरिन् । वास्तवमा ती युवतीलाई अर्कै युवकको फोटो दखाएर अर्कै व्यक्तिसँग बिहे गराइएको थियो ।

बेहुलाले भने ती बेहुलीलाई बन्धक बनाएर जबरजस्ती शारीरिक सम्बन्ध राखे । यो क्रम तीन दिनसम्म चल्यो । तीन दिनपछि भने युवती त्यहाँबाट भाग्न सफल भइन् र आफ्नो घर पुगिन् । पीडित युवतीले परिवारलाई सबै कुरा बताएर अस्पताल भर्ना भइन् । बिहेका क्रममा बेहुलाले ‘सेहरा’ले आफ्नो अनुहार ढाकेका कारण उनको वास्तविक अनुहार लुकाईेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार