लकडाउन पीडाः खर्च सकिएपछि हिडेका बटुवाहरूकाे यस्तो पीडा, पीडा कम गर्न कस्सिए यी युवाहरू (भिडियो हेर्नुस्)

सरकारले चौथो पटक थपेको लकडाउनलाई थप व्यवस्थित एंव कडाई गर्ने भनिए पनि तर सरकारले गरेको निर्णय दैनिक मजदुरी गर्नका लागि गृह जिल्ला वाट विभिन्न जिल्लाहरुमा गएका विपन्न परिवारहरु अहिले दैनिक जसो पुर्वपश्चि महेन्द्र राजमार्गमा पैदल यात्रीहरुको पीडा साँच्चिकै निकै हृदय विदारक छ ।

लामो त्यो पनि अनिश्चित लकडाउनका कारण काम गर्ने उद्योगहरु वन्द भएपछि दैनिक मजदुरीका लागि गएका कामदारहरु वेखर्ची तथा काम विहिन हुन पुग्दा उनीहरुको संग भएको खानपिन पनि वन्द भएपछि हिडेरै भएपनि घर जान हिडेको कैलालीका सुनिल चौधरीले वताए ।

सडकमा विभिन्न संघसंस्था एंव व्यक्तिहरुको सहकार्यमा चलाईएका सडक मेसमा खाना खाँदै हिडेको भएपनि तर घर पुग्न अझै धेरै दिन लाग्ने भएकाले घर सम्म पुग्दा वाटोमै विरामी परिने होकी भन्ने चिन्ता लाग्न थालेको उनीहरुले भनाई रहेको छ ।

सकडमा पैदल यात्रा गरेर घर हिडिरहका मानिहरुलाई सम्वन्धित स्थानिय तहको समन्वयमा उद्धार गर्नुपर्ने जनाए पनि तर स्थानिय निकायले भने त्यस्ता व्यक्तिहरुको उद्धारमा प्रशासन वाट अवरोध हुने गरेको वताएका छन् । कोरोनाको डरले मानिसहरु घरघरमै थुनिएका छन् । तर यी व्यक्तिहरु अरुको पीडा टुलुटुलु हेर्न नसकेर बाहिर निस्किएका छन् ।

भिडियो हेर्नुहाेसः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार