उदयपुरमा देखिएका १२ जना कोरोना संक्रमित घुमेका थिए यी पाँच जिल्ला

काठमाडौं।

शुक्रबार उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमित चार महिनाअघि नै नेपाल आएर विवाह समारोहमा सहभागी भएको खुलेको छ। भारत उत्तर प्रदेशको एक जना बहेक ११ जना दिल्लीका हुन्।

उनीहरुको समूहमा मोरङको जोगबनीबाट चार जना थपिएका थिए। १६ जनाको समूहमा चार जना नेपालीमा भने संक्रमण देखिएको छैन। संक्रमित २१ देखि ४० वर्षसम्मका छन्।

उनीहरु चार महिनाको अवधिमा सप्तरी, सिराह, मोरङ, सुनसरी र उदयपुरका विभिन्न ठाउँमा पुगेको देखिएको छ। संक्रमितको सम्पर्कमा आएका विभिन्न १૪५ को आरडीटी टेस्ट हुने बताए। ‘त्रियुगा नगरको भुल्केमा रहेको जामे मस्जिद आसपासका क्षेत्र सिल गरिएको हो। त्यस क्षेत्रका सबैलाई जो जहाँ छ त्यहीँ बस्न भनिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार