सुमन कार्कीकाे गीत “पिरतीकाे धनुष चलायाै” प्रमोद खरेलकाे स्वरमा सार्वजनिक (भिडियो)

बिगत लामो समयदेखि इजरायलमा रहेर नेपाली साँगेतिक आकाशमा धुप्रै सिर्जनाहरू पस्कन सफल नाम हाे सुमन कार्की । पूर्वी नेपालकाे मोरङबाट काठमाण्डाै हुदै इजरायलसम्म कर्मथलो बनाएका कार्की एक दशक भन्दा बढि कलमसँग बहेली खेलिरहेका छन् । नेपाली गीत सँगीतमा मात्रै नभएर साहित्य सिर्जनामा पनि प्रखर रहेका सुमन समाजसेवामा पनि उत्तिकै चासो राख्छन् ।

मिठो मुस्कानको बाण हानेउ पिरतीको धनुष चलायौ
(चुक्तै चुकेन)2 निसाना ठयक्कै तिमीले दिलमा लगायौ

साहित्य सँगसँगै समाजसेवालाइ पनि अगाडि बढाइरहेका सुमन कार्कीकाे नेपाली साँगेतिक आकाशमा धेरै गीत तथा गजलहरूले स्वर पाइसकेका छन् भने फिल्मी गीतमा समेत प्रवेश गराइसकेका सुमनका गीतहरूमा अति सुमधुर शब्दहरू र सुन्दर रचना भेटिन्छ ।

त्यसो त प्राय गीतसँगतीमै रमाउन चहाने सुमन कार्की कहिलेकाँही आफै पनि गीत गुनगुनाउन र सँगीत भर्न समेत उत्सुक हुनछन् । गीत गाउने साैख पालेका कार्की यतिबेला इजरायलमै रहेर पनि विभिन्न नेपाली संगित सिर्जकहरूसँग रहेर आफ्ना शब्दहरूमा संगीत भरेर साँगेतिक बजार युट्यूवहरूमा प्रकाशन गरिरहेका छन् ।

यतिबेला सुमन कार्कीकाे शब्द अनि चर्चित संगीतकार बसन्त सापकोटाको संगीत प्रमोद खरेल र अस्मीता क्षेत्रीको सुमधुर आवाज रहेको अर्को एउटा गीत युटुबमा सार्बजनिक भैसकेकाे छ । सम्राट क्रियशनले निर्माण गरेकाे म्यूजिक भिडियोमा महेन्द्र निरौला/अनु पराजुलीमकाे बेजोड अभिनय रहेका छ भने उकत भिडयोलाई रामजी लामिछानेले निर्देशन गर्नुभएकाे छ । छायाँकनमा इश्वर सिंकमेनले साथ दिनु भएकाे छ भने सम्पादन सरेश राउतकाे रहेको छ ।

बाँकी गीत सुनेर र भिडियो हेरेरै मजा लिनुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार