कतारका समुन्द्रले निल्यो एक नेपालीलाइ

दोहा कतारको समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाका ललित लिम्बु रहेको प्रहरीले जनाएको छ । समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा लिम्बुको निधन भएको हो ।

धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका लिम्बु दोहामा क्रियाशील अन्य नेपाली सामाजिक संघसंस्थामा पनि आवद्ध थिए। उनले लामो समयदेखि कतारलाई कर्मथलो बनाएका थिए । उनको निधन पछि परिवार शोकमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार