भारतिय विस्तार बिरूद्ध अन्तरवार्ता भैरहँदा पुण्य गौतम पक्राउ, यसरी लगियो पुलिस क्लव (भिडियो)

काठमाण्डाैं ।

केहि दिनदेखि भारतले लिम्पियाधुरा हुदै मानसरोबरसम्मकाे सडक निर्माणमा नेपाली भूमि प्रयोग गरेपछि नेपालीहरू आक्रोशित भैरहेका छन् । यसैक्रममा राष्ट्र र राष्ट्रियताका खातिर नेपाली भूमि सुरक्षार्थ नेपालीहरू सडकमा उत्रिएका हुन् ।

हिजोमात्रै पनि नयाँ बानेश्वर तथा माइतीघर मण्डलामा गरिएकाे भारतिय विस्तारवादकाे बिरूद्ध उत्रिएका विद्यार्थी लगायत अन्यहरू समेतलाइ समातिएका थिए ।

आज भारतले मिचेकाे जमिन फिर्ता गराउनकै लागि पुण्य गाैतमले पत्रकारहरूका अगाडि अन्तर्वार्ता दिइरहेका बेला एकाएक प्रहरीहरू आएर उनलाइ गिरफ्तार गरेकाे छ ।

भिडियोः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार