कपिलवस्तुमा भेटिएका नयाँ सङ्क्रमितको बारेमा बाहिरियो यस्तो नयाँ रहस्य!

काठमाण्डाैं ।

नेपालमा आज थप १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमा कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि गाउँपालिकाको वडा ७ र १० निवासी रहेका छन् । सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरू १८ देखि ३४ वर्षसम्मका रहेका छन् । एक जनाको उमेर नखुलेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ ।

हालसम्म सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । कारोना सङ्क्रमित थपिँदै गएको कपिलस्तुमा आज भेटिएका दश जना नयाँ सङ्क्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले उनीहरू भारतबाट नेपाल भित्रिएको बताउनुभयो ।

उहाँका अनुसार भारतको मुम्बई, दिल्ली लगायतका ठाउँहरूबाट उनीहरू आएका थिए । तर उनीहरू कहिले नेपाल भित्रिए भन्नेबारे सही जानकारी पत्ता लगाउन बाँकी रहेको उहाँले बताउनुभयो । सङ्क्रमण फेला परेका व्यक्तिहरू कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित अनिरुद्र उच्च माध्यमिक विद्यालयमा रहेकाे क्यारेन्टाईनमा बसेका थिए ।

गोरखापत्रअनलाईनमा यो खबर छ । सङ्क्रमितहरूलाई बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा ल्याउने तयारी भएको छ । यसअघि कपिलवस्तुमै फेला परेका सङ्क्रमितहरू पनि दुवै देशमा लकडाउन जारी रहेकै बेला भारतबाटै लुकिछिपी नेपाल भित्रिएका थिए । अघिल्ला सङ्क्रमित र नयाँ सङ्क्रमितहरूबीचको सम्बन्ध र सम्पर्कबारे पनि पत्ता लाग्न बाँकी रहेको प्रजिअ पौडेलले बताउनुभयो । नयाँ सङ्क्रमितसँगै कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ । प्रारम्भिक जानकारीअनुसार सङ्क्रमितहरूमध्ये शयोधरा गाउँपालिकाका ८ र बुद्धभूमि नगरपालिकाका २ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार