संसारकै सबैभन्दा अग्लो भवन यूएइको बुर्ज खलिफामा केहि घण्टामै नेपाली झण्डा फहराइँदै, नेपाली झण्डा हेर्न लाखौं नेपाली जम्मा हुँदै

युएई । आज केही घण्टा पछि संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा फहराउने भएको छ । बुर्ज खलिफामा नेपाली झण्डा फहराइन लागेको यो पहिलो पटक हो । संसारका विभिन्न मुलुकका विशेष अवसरमा अन्य मुलुकको झण्डा फहराएको देखेका नेपालीहरु आफ्नो देशको झण्डा पहिलो पटक फहराइन लागेको खबरले निकै उत्साहित भएका छन् । संसारकै अग्लो भवन बुर्ज खलिफा युएईमा पर्छ । युएई नेपालीहरुको लागी वैदेशिक रोजगारीका लागि जाने मुख्य मुलुक मध्ये एक हो ।


युएईमा लाखौं नेपाली वैदेशिक रोजगारीमा लागी पुगेका छन् । आफ्नो आँखा अगाडी अन्य छिमेकी मुलुकको झण्डा फहराएको देख्दा दुख्ने गरेको नेपाली मन भने आज खुसी भएको छ ।

कसरी जुर्यो त यो अवसर ?
अघिल्लो वर्ष संविधान दिवस मनाउने कुराकानी हुँदा युएईका लागि तत्कालीन कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलको योजना थियो यो । उनले अन्य मुलुकको विशेष अवसरमा झण्डा फहराए जस्तै नेपालले पनि किन नफहराउने ? यो वर्ष यस्तो संयोग जुरेको छ की नेपाल पर्यटन वर्ष पनि मनाइन थालिएको छ । जसले नेपालको पहिचान र पर्यटनमा थप टेवा पुग्ने छ । उक्त भवनमा नेपाली झण्डा फहराउनका युएइको स्थानीय निकाय र सम्बन्धित सरकारी पक्षसँगको समन्वय गरेर सो कुरा सम्भव भएको छ । अघिल्लो वर्ष पुरा हुन नपाएको सपना यो वर्ष भने पुरा हुने भएको छ ।

बुर्ज खलिफामा शुक्रबार राति यहाँको समयअनुसार ९.१० बजे (नेपाली समय १०. ५५) मा नेपाली राष्ट्रिय झण्डा फहरिने दूतावासले जनाएको छ । संसारकै अग्दो भवनमा १ मिनेटसम्म नेपाली झण्डा देख्न सकिने छ । राजदूत कृष्णप्रसाद ढकालले जानकारी सो कुराको जानकारी गराउँदा युएइमा बस्ने सम्पूर्ण नेपाली खुसी भएका छन् शुक्रवार युएइमा विदा हुने गर्छ । तर विदाको दिन भएपनि नेपाली झण्डा फहराएको हेर्न नेपालीहरु जम्मा हुने भएका छन् । युएइको सरकारको अनुमतिमा १ मिनेटसम्म बुर्ज खलिफाको भवनमा नेपाली झण्डा देख्न सकिनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार