ओली आफ्नै सांसदसँग असन्तुष्टः सरकारको बचाउमा नदेखिएको आरोप

प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग् असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरु सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विद्येयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको छ ।

प्रतिपक्षि कांग्रेसलगायत ‘पुरुत्थानवादी शक्ति’ ले जनतामा भ्रम छरेर सरकारलाई घेराबन्दी गर्ने प्रयास गरिरहे पनि त्यसको विपक्षमा सांसदहरु सशक्त रुपमा नउभिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् । बर्खे अधिवेशन असोज २ मा सकिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

<strong>यो पनि समाचार पढ्नुहाेसः नर्सिङ सम्बन्धनमा चलखेल</strong>
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ८ वर्षदेखि सम्बन्धन लिन निवेदन दिएका २० नर्सिङ र बाँकी अन्य विषयका गरी २८ निजी कलेजलाई सम्बन्धन दिने तयारी गरेका छन् । मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्र मिचेर ती कलेजलाई सम्बन्धन दिने तयारी गरेका हुन् । आयोगले पूर्णता पाएपछि तत्काल सम्बन्धन दिन कठिन हुने देखिएपछि मन्त्री पोखरेलले अधिकांश मापदण्ड पूरा नगरेका कलेजलाई सम्बन्धन दिन लागेका हुन् ।

विसं २०६९ सालदेखि सम्बन्धनको प्रक्रियामा रहेका ती कलेजलाई मन्त्री पोखरेलको निर्देशनमा मन्त्रालयको उच्च शिक्षा तथा प्राविधिक महाशाखामार्फत पत्र पठाएर अनुगमन गर्न पत्र दिएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभी) का अध्यक्ष रहनुभएका मन्त्री पोखरेलले सीटीईभीटीमार्फत अनुगमन गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै गलत प्रक्रियाबाट अनुगमन गरी सम्बन्धन दिने तयारी गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार