केकी अधिकारीको इन्ट्रीमा यस्तो बन्यो ‘छ माया छपक्कै’को ट्रेलर (भिडियो सहित)

काठमाडौं – हास्यकलाकार दिपकराज गिरी र केकी अधिकारीको चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ । असोज २४ गते रिलिज हुने तयारीमा रहेको यस चलचित्र शुक्रबार सार्बजनिक भएको हो । चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भए लगत्तै निकै मन पराइएको छ । सार्वजनिक भएको १७ घण्टामा ट्रेलर ३ लाख ६४ हजार भन्दा बढी पटक हेरिसकिएको छ ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको यस चलचित्र दर्शकले निकै रुचाउने अपेक्षा गरिएको छ । यस चलचित्रले उमेर दुरीमा हुने प्रेम र राजनीतिको कथा बताएको छ । रोहित अधिकारीको निर्माण रहेको यस चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरेलगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो हेर्नुस्ः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार