जिम्बावे विरूद्द नेपाल टस जितेर ब्याटिङमा, इशान र कुशलकाे डेब्यु

सिंगापुरमा आजबाट सुरु भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरीजमा नेपालले जिम्बोवे विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको छ । सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले पहिलो ब्याटिङ गर्ने निर्णय गरेको हो । आजको खेलमा जिम्बावेका मुख्य तीन खेलाडी हुनेछैनन ।

आजको खेलमा कुशल मल्ल र इशान पाण्डेले डेब्यु गरेका छन । पहिलो पटक टिममा परेका दुबै खेलाडीलाई टिमले पहिलो खेलमा नै मौका दिएका छन । आजको खेलमा नेपाललमा रोहित पौडेल,ललित राजवंशी, पवन सराफ र सुसान भारीलाई आराम दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार