कांग्रेसले सबै कल कारखाना बेचेर खायो भन्दा जंगिए रामहरि खतिवडा, पुण्य गौतम संगको चर्काचर्की (भिडियो)

नेपाली कांग्रेसका नेता रामहरि खतिवडा र नेकपाका युवा नेता पुण्य गौतम बीच विचार र राजनीतिक विश्लेषण गर्दै अन्तर्वार्तामा चर्काचर्की गरेका छन् । नेपाली कांग्रेसले नेपालको सबै कलकारखाना बेचेर खायो भन्दै जब पुण्यले आरोप लाए, रामहरि खतिवडाले नेपालमा आर्थिक विकासको लागि हुने परियोजनाहरु सबै कांग्रेसले गरेको तर नेकपाले भने कर बढाएर मात्र ढुकुटि भर्न खोजेको आरोप लाए ।

रामहरि खतिवडा अहिले नेकपाको सरकारको विसंगतिको बारेमा चर्को रुपमा आलोचना गर्दै सामाजिक संजालमा भाईरल बनेका छन् भने पुण्य गौतम नेकपाको सरकारले मात्र देश विकास गर्न सक्छ भन्ने वकालत गर्दै सामाजिक संजालमा भाईरल छन् ।

यो पनि पढ्नुहोस : पहिलोपटक गाडी पुग्दा गाउँवासी हर्षित

जिल्लाको दुर्गम तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकाको पिपलकोटमा पहिलोपटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन् । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखान हुँदै छेला–बारु–पिपलकोट सडक निर्माणको काम सम्पन्न भएपछि पिपलकोटमा पहिलोपटक गाडी पुगेको हो ।

पहिलोपटक गाडी पुग्दा निकै खुशी लागेको स्थानीय ६० वर्षीय वृद्ध कर्णसिंह साउदले बताउनुभयो । सडक बन्ला भन्ने सपना पनि थिएन, गाडीसमेत गुडेको देख्दा खुशी लागेको उहाँको भनाइ थियो । सडक उद्घाटनपश्चात् पिपलकोटमा पहिलोपटक म१ज २७२ नंको जिप पुगेपछि । स्थानीय बासिन्दाले उक्त जिपका चालक वीरेन्द्र महतालाई सम्मान गरेका थिए ।उक्त गाउँपालिकाको वडा नं ४मा सडक सञ्जाल विस्तार भएसँगै सहजरूपमा आहोरदोहोर गर्न पाइने भएको छ । यसका साथै खाद्यान्न र दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सजिलो हुने पिपलकोटका व्यापारी दीपेन्द्र साउदले बताउनुभयो ।

सडकसम्म पुग्न तथा गाउँपालिका केनद्रसम्म पुग्न दुई घण्टा उकालो हिँड्नुपर्ने बाध्यता अहिले अन्त्य भएको स्थानीयवासी मदन साउदको भनाइ थियो । सडक सञ्जाल विस्तार भएसँगै सस्तो र सुलभ मूल्यमा गाउँमै सम्पूर्ण सामान उपलब्ध हुने पिपलकोटका अर्का व्यापारी रामचन्द्र महताले बताउनुभयो । उक्त गाउँपालिका र जनश्रमदान करीब रु ३७ लाखको लागतमा उक्त सडक निर्माण भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार