भाइरल बाबा एकाएक यति एअरलाइन्सकोको ढोकामा पुगेपछि……

आजभोलि व्यापक रुपमा चलेका युटुब च्यानलहरुमा मान्छे भाइरल बनाउने एउटा छुट्टै माध्यम बनेका छन् । युटुबका भिडियोहरु हेरिहनुहुन्छ भने एक जना बाबा जि लाई पक्कै देखेको हुनुपर्छ राजधानी उपत्यकाको उत्तरी कुना सुन्दरीजलमा बस्दै आएका यी सन्यासी बाबा आफुलाइ महा मृत्युन्जय अघोर बाबा भनेर चिनाउछ्न । रोमान्चक तरिकाले प्रश्नको जबाफ दिने भएकाले आजभोलि उनी भाइरल मात्रै होइनन् ,उनी बस्ने कुटिमा विभिन्न युटुब च्यानलका पत्रकारहरु को ओइरोनै लाग्ने गरेको छ ।

युटुबरहरुले उनलाई सोधेका राजनितिक,इतिहासवादी एबम भबिष्य सम्बन्धित प्रस्न र उनले रोमान्चक एब्म चल्नचल्तिको शैली मा दिने उत्तरले नै उनी दिनानुदिन चर्चाको शिखरमा पुगेकाछ्न ।

सानै उमेरमा टुहुरो भएका उनी संसारिक ब्यवस्थाबाट मुक्त हुन भारत गै अघोर शिक्षा लिएर आएको भन्ने गरेका छ्न।त्यसमा पनि भुतप्रेत मसान लगायतको विषयमा उनले दर्साएको अनुभवले त झन उन्लाइ झन धेरै चर्चा बटुल्न मद्दत पुरायो । आज भोलि युटुबरहरु मात्र नभएर ,उनका कुरा सुन्न धेरै टाढा टाढा बाट उनको कुटिमा मानिसहरु आउने गरेकाछ्न ।

यसै क्रममा काठमाण्डौबाट लुम्बिनी जानेक्रममा बाबालाइ एअरपोर्टमा भेटिएका थिए । एअरपोर्टमा उनका फ्यानहरु पनि थुप्रै रहेछन । उनलाई भेट्नेहरु लाइफ ड्यामेज भन्दै ब्यांग गर्दै उनिसंग सेल्फी खिचाउन आउने पनि धेरै थिए । उनले एति एअरलाइन्सको जहाजबाट लुम्विनीको यात्रा गरेपछि जहाजका पाइलट र एअर होस्टेसहरुले पनि उनिसंग तस्विर खिचाउन बाबालाई आग्रह गरे । पाइलट र एअर होस्टेसहरुले पनि संयुक्तरुपमा तस्विर खिचाएपछि बाबा तिलौराकोट आफ्नो कार्यक्रमको लागि निस्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार