महराको राजिनामापछि बला’त्कृत भनिएकि महिलाको बयान फेरियो!

काठमाडौं। सभामुख कृष्ण बहादुर महराबाट ब’ला’त्कृ’त भएकी भनिएकी महिलाको बयान फेरिएको छ । आफू ब’ला’त्का’रको सि’कार भएको भन्दै सञ्चारमाध्यममा आएकी महिलाले सभामुखको राजीनामा पछि भने ‘दुर्व्य’वहा’र मात्रै’ भएको बताएकी छन् । घ’टनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पी’डी’त भनिएकी महिलाको तिनकुनेस्थित कोठाबाट प्रहरीले र’क्सीका बोतल, कपडा, चस्माको टुक्रा लगायतका सामान बरामद गरेको छ ।

बरामद भएका सामानको प्राविधिक अनु’सन्धान गरिरहेको प्रहरीले जनाएको छ । पी’डि’त महिलाले स्वास्थ्य परिक्षण गर्न पनि अस्वीकार गरेकि छिन् । पीडितले उजुरी दिएमा कारबाही अगाडी बढाईने प्रहरीको भनाई छ। घ’टना भएकै दिन आइतबार पी’डि’त भनिएकी महिलाले आफूमाथि यौ’न दु’र्व्यवहार भएको भन्दै प्रहरीलाई फोन गरेकी थिइन् । उनको निवासमा पुगेको प्रहरीले प्रारम्भिक मुचुल्का उठाएर आएको थियो ।

प्रहरीले उनलाई लिखित उजुरी दिन भनेपनि हाल सम्म उजुरी दिएकी छैनन् । घ’टना’लगत्तै उनले केहि सांसदहरुलाई समेत म्यासेज गरेकि थिइन्। यसैबीच, उनको फेसबुक अकाउन्ट डिएक्टिभेट गरिएको छ । सामाजिक सञ्जालमा सक्रिय उनले सभामुखको सचिवालयको गरेको खण्डन झु’ट भएको समेत बताएकि थिइन् ।

सोमबारसम्म उनी फेसबुकमा सक्रिय थिइन् । मंगलबार दिउसोतिर उनको अकाउन्ट डिएक्टिभेट गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार