आलमलाई रातारात नख्खु कारागार ल्याइयो

काठमाडौं, ३० कार्तिक । अफताव आलमलाई रातारात ललितपुरको नख्खु कारगार ल्याइएको छ । रौतहट राजपुर बम काण्डमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई नख्खु कारगार ल्याइएको हो।

आलमलाई जिल्लामा राख्नसमेत जोखिम देखिएपछि उनलाई अदालतले थुनामा राख्न आदेश दिएकै दिन शुक्रबार राति नख्खु कारागार ल्याइएको प्रहरीले बताएको छ ।

डिल्लीबजार सदरखोर आउने आलमको चाहना भए पनि गृह मन्त्रालयले धेरै भीभीआईपी कैदी एकैठाँउ राख्न सहमति नदिएपछि उनलाई नख्खु कारागार ल्याइएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार