सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’को छायांकन शुरु

काठमाडौं । पुराना हास्य कलाकार सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’को छायांकन सुरु भएको छ । निर्देशक साकार पन्तले ३५ दिने छायांकनको सेड्युल बनाएर बुधबारबाट फिल्मको छायांकन सुरु गरेको जानकारी दिए ।

फिल्मको पहिलो सेडुल काठमाडौं आसपासका स्थानमा राखिएको छ । त्यसपछि चितवनमा छायांकन हुने उनले पन्तले बताए । फिल्ममा सन्तोष पन्त, रमा थपलिया र रिमा विश्वकर्मा, दिव्यदेव पन्त, रिचा शर्मा, केकी अधिकारी, जेविका कार्की लगायतको अभिनय रहनेछ ।

यश फिल्म प्रोडक्सनबाट निर्माण हुन लागेको फिल्म ‘हिजो आजका कुरा’को कथा सन्तोष पन्त र निर्देशक साकार पन्त मिलेर तयार पारेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार