दृष्टिविहिन चेली काठमाडौँको गल्लीमा भविष्य खोज्दै ! यति मिठो स्वरमा गित गाउदा सबै भाबुक

नेपाली सांगीतिक आकाशमा हरेक दिन नयाँ नयाँ प्रतिभाको जन्म भैरहेको हुन्छ। एउटा असल कलाकार बनेर देश र जनता माझ आफ्नो छाप छोड्ने उदेश्य लिएर देशका कुना कन्दराबाट काठमाडौँ होनिने गरेका छन्। विभिन्न स्थानबाट काठमाडौँलाई कर्मथलो बनाउन आउनेहरु कोहि सफल हुन्छन् र भएका पनि धेरै उदाहरण देखिएको छ। तर कोहि अझै पनि संघर्ष गरिरहेका छन्।

यसैबीच नेपाली सांगीतिक क्षेत्रमा आफुलाई स्थापित गराएर नाम र दामको अपेक्षासहित कैलाली, अछाम निवासी मनिष कुमारी रावल पनि कलाकार बन्ने सपना बोकेर काठमाडौँ आइपुगेकी हुन्। मिठो स्वरकी धनि उनि निकै मिठो लोक दोहोरि गीत गाउँछिन्। तर बिडम्बना उनले सानै उमेरमा नै आँखाको ज्योति गुमाएकी थिईन्।

दृष्टिविहिन भएतापनि सबै प्रकारका गीत सुन्न रुचाउने काजल लोक दोहोरि गीत बिशेष मन पर्ने बताउछिन्। काजलले ठुला कलाकारहरुसँग भेट्ने र गाउने इच्छा ब्यक्त गरेकी छिन्। साथै, उनले इन्द्रेणीका संचालक कृष्ण कंडेलसंग पनि भेट्ने इच्छा गरेकी छन् । निकै दु:खसंग गुजारा गरीरहेकी उनलाई गरेर नाम कमाउन चाहन्छिन् ।

हेरौँ उनिसंग गरिएको कुराकानी :

यो पनि समाचारः रिचर्ड महिला हुन् कि पुरुष ?

चर्चित अभिनेता, लेखक, संगीतकार तथा टेलिभिजन प्रस्तोता रिचर्ड ओ ब्रायन जसलाई झट्ट हेर्दा पुरुष हो कि महिला हो भनेर छुट्ट्याउन गाह्रो पर्ने गर्छ । सन् १९७३ मा उनले एक सांगीतिक स्टेश शो ‘द रकी हरर शो’ लेखेका थिए । यो प्रस्तुति अन्तर्राष्ट्रिय स्तरमै निकै चर्चित बनेको थियो । उक्त शो पश्चात् उनको छुट्टै पहिचान स्थापित भएको थियो ।

रिचर्ड महिला हुन् कि पुरुष ? उनको नाम अनुसार उनी पुरुष नै हुन् । तर उनी चाहिँ आफूलाई महिला र पुरुषको बीचको मान्छे मान्दछन् । बीबीसीसँग उनले भनेका छन्, ‘म जे होइन, त्यो देखिन चाहँदिन । अभिनेता एन्टन रोजरले मलाई तिमी महिला र पुरुष बाहेक अरु नै केही हौ भनेर भने । मलाई लाग्यो कि उनले भनेको ठीक हो । यो रवैया मलाई मन पर्‍यो ।’

रिचर्डले सन् २०१३ मा एक अन्तर्वार्ता दिएका थिए । उक्त अन्तर्वार्ताका क्रममा उनले आफू महिला र पुरुषको बीचको मान्छे भएको बताएका थिए । उनले आफू ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेको दाबी गरेका थिए, त्यसबेला । सन् २०१७ मा उनले एउटा विवादास्पद अभिव्यक्ति दिए । समलिंगी महिलाहरु खास महिला नभएको उनले बताएका थिए त्यतिबेला ।

बीबीसीसँगको एक अन्तरवार्ताका क्रममा रिचर्डलाई सोधियो, ‘पासपोर्टको आवेदन दिने बेलामा तपाईंले महिला र पुरुषमध्ये कुन विकल्पमा चिनो लगाउनुहुन्छ ?’ जवाफमा उनले भने, ‘पुरुषमा चिनो लगाउँछु । तर मलाई ‘अन्य’ भन्ने विकल्पमा चिनो लगाउन मन लाग्छ ।’ अहिले ७७ वर्षको उमेर पुगिसक्यो उनको । रिचर्डले जीवनकालमा अहिलेसम्म ३ पटक बिहे गरिसकेका छन् । उनका ३ वटा छोराछोरीसमेत छन् ।

सन् १९७१ मा उनले अभिनेत्री किमी वांगसँग बिहे गरे । वांगसँग बाट एकवर्ष पछि नै एउटा छोरा जन्मियो । उनले बार डिजाइनर जेन मससँग दोश्रो बिहे गरे र दुईजना छोराछोरी जन्माए । सन् २०१३ मा रिचर्डले तेस्रो बिहे गरे । जर्मन नागरिक ३५ वर्षीया सबरिना ग्राफसँग उनले तेस्रो बिहे गरेका हुन् । तीन वर्ष लामो प्रेम सम्बन्धपश्चात् रिचर्ड र सबरिनाले बिहे गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार