नेपालको शान बढाएकी गौरिकाले बोकिन् नेपालको झण्डा

दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेल निकै रोमाञ्चक बन्दै गएको छ । शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ अ‍ैं मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए ।

खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरेपनि त्यो लामो समय टिक्न सकेन । दोसे हाफ सुरु भएपछि खेलको ५३ औँ मिनेटमा नेपालले अर्को गोल गरेपछि भुटना अहिले निकै दबाबमा परेको छ ।

यसैबिच नेपाली खेलाडीलाई हौस्याउन पौडीमा ४ स्वर्ण पदक जितेकी गौरिका सिंह पनि खेल मैदानमा पुगेकी थिइन् । उनले १३ साग समापन कार्यक्रममा नेपालको झण्डा समेत बोकेकी हुन् ।

यो पनि समाचार : रिचर्ड महिला हुन् कि पुरुष ?

चर्चित अभिनेता, लेखक, संगीतकार तथा टेलिभिजन प्रस्तोता रिचर्ड ओ ब्रायन जसलाई झट्ट हेर्दा पुरुष हो कि महिला हो भनेर छुट्ट्याउन गाह्रो पर्ने गर्छ । सन् १९७३ मा उनले एक सांगीतिक स्टेश शो ‘द रकी हरर शो’ लेखेका थिए । यो प्रस्तुति अन्तर्राष्ट्रिय स्तरमै निकै चर्चित बनेको थियो । उक्त शो पश्चात् उनको छुट्टै पहिचान स्थापित भएको थियो ।

रिचर्ड महिला हुन् कि पुरुष ? उनको नाम अनुसार उनी पुरुष नै हुन् । तर उनी चाहिँ आफूलाई महिला र पुरुषको बीचको मान्छे मान्दछन् । बीबीसीसँग उनले भनेका छन्, ‘म जे होइन, त्यो देखिन चाहँदिन । अभिनेता एन्टन रोजरले मलाई तिमी महिला र पुरुष बाहेक अरु नै केही हौ भनेर भने । मलाई लाग्यो कि उनले भनेको ठीक हो । यो रवैया मलाई मन पर्‍यो ।’

रिचर्डले सन् २०१३ मा एक अन्तर्वार्ता दिएका थिए । उक्त अन्तर्वार्ताका क्रममा उनले आफू महिला र पुरुषको बीचको मान्छे भएको बताएका थिए । उनले आफू ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेको दाबी गरेका थिए, त्यसबेला । सन् २०१७ मा उनले एउटा विवादास्पद अभिव्यक्ति दिए । समलिंगी महिलाहरु खास महिला नभएको उनले बताएका थिए त्यतिबेला ।

बीबीसीसँगको एक अन्तरवार्ताका क्रममा रिचर्डलाई सोधियो, ‘पासपोर्टको आवेदन दिने बेलामा तपाईंले महिला र पुरुषमध्ये कुन विकल्पमा चिनो लगाउनुहुन्छ ?’ जवाफमा उनले भने, ‘पुरुषमा चिनो लगाउँछु । तर मलाई ‘अन्य’ भन्ने विकल्पमा चिनो लगाउन मन लाग्छ ।’ अहिले ७७ वर्षको उमेर पुगिसक्यो उनको । रिचर्डले जीवनकालमा अहिलेसम्म ३ पटक बिहे गरिसकेका छन् । उनका ३ वटा छोराछोरीसमेत छन् ।

सन् १९७१ मा उनले अभिनेत्री किमी वांगसँग बिहे गरे । वांगसँग बाट एकवर्ष पछि नै एउटा छोरा जन्मियो । उनले बार डिजाइनर जेन मससँग दोश्रो बिहे गरे र दुईजना छोराछोरी जन्माए । सन् २०१३ मा रिचर्डले तेस्रो बिहे गरे । जर्मन नागरिक ३५ वर्षीया सबरिना ग्राफसँग उनले तेस्रो बिहे गरेका हुन् । तीन वर्ष लामो प्रेम सम्बन्धपश्चात् रिचर्ड र सबरिनाले बिहे गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार