बाँस्कोटाले बोलेको अश्लील शब्दप्रति निजामती कर्मचारी युनियनको आपत्ति

Flash News पत्रपत्रिकाबाट समाचार

काठमाडौं, ८ फागुन । नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बोलेको शब्द प्रति आपत्ती जनाउँदै खेद प्रकट गरेको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँको डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्रीले भने राजिनामा दिइसकेका छन् । सो अडियोमा निजामती कर्मचारीलाई बाँस्कोटाले अपशब्द प्रयोग गरेको सुन्न सकिन्छ । विवादास्पद अडियो प्रकरणमा बोलेको अश्लील शब्दप्रति युनियनले विरोध जनाएको हो ।

हालै सार्वजनिक उक्त अडियो रेकर्ड प्रकरणमा मन्त्री बास्कोटाबाट प्रयोग भएको शब्दले राष्ट्रसेवकलाई दुःखी तुल्याएको भन्दै संघले खेद प्रकट गरेको छ । विज्ञप्ती जारी गर्दै युनियनले आफुहरुको अपमान भएको उल्लेख गरेको छ ।

संघका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अपशब्द प्रयोग गर्ने मन्त्रीलाई कानूनी कारबाही नभएमा बहिष्कार गर्न पर्ने दिन देख्न नपरोस् ।’सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो ।

Leave a Reply