हा’र खाएपछि पूर्वअधिराजकुमारी प्रेरणाले राखिन सरकारसंग अन्तिम पटक यस्तो माग !

Flash News Uncategorized पत्रपत्रिकाबाट समाचार

नेपाल ट्रस्टको नाममा रहेको काठमाडौं छाउनीस्थित १५ रोपनी जग्गा छाड्न पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाह अन्ततः तयार भएकी छिन् । हकदाबी गर्ने कानुनी बाटो बन्द भएपछि उनी सरकारी संरचनासहितको जग्गा छाड्न तयार भएकी हुन् । तर, उनले यसका लागि सरकारसँग थप समय मागेकी छिन् ।

गत ४ माघमा ट्रस्ट कार्यालयले घरजग्गा खाली गर्न ३५ दिने सूचना निकालेको थियो । म्याद गुज्रिएपछि घरजग्गा खाली गर्न थप समय माग गर्दै प्रेरणाले ट्रस्ट कार्यालयमा निवेदन दिएकी छिन् । तर, ट्रस्ट सञ्चालक समितिको बैठक बस्न नसक्दा सो सम्बन्धमा निर्णय हुन नसकेको कार्यालयका सहसचिव राजेश्वर ज्ञवालीले बताए । आगामी बैठकमा म्याद थपसम्बन्धी प्रेरणाको प्रस्ताव लैजाने ट्रस्टको तयारी छ ।

जग्गा १३ वर्षअघि नै सरकारमातहत

राजतन्त्रको अन्त्यपछि नेपाल सरकारले ०६४ मा राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारका नाममा रहेको सम्पत्ति व्यवस्थापन र सञ्चालन गरी राष्ट्रहितमा प्रयोग गर्न नेपाल ट्रस्ट ऐन पारित गर्‍यो । सोही आधारमा ट्रस्टले २१ हजार पाँच सय ६२ रोपनी जग्गा आफूमातहत ल्याइसकेको छ । राजा त्रिभुवनले अविवाहित कान्छी छोरी विजया शाहलाई संरचनासहितको छाउनीको जग्गा उपभोगका लागि दिएका थिए । विजयाकोे निधन पछि उक्त जग्गा राजदरबारकै नाममा आएको थियो । ०६४ मा ट्रस्ट ऐन बनेपछि उक्त जग्गा ट्रस्टमातहत आएको थियो ।

Leave a Reply