भर्खरै चितवनमा लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ

Flash News पत्रपत्रिकाबाट विशेष समाचार स्वास्थ्य

चितवन चैत ११ । कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् । लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने उनले बताए । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने उनले जानकारी दिए ।

सरकारले घरबाहिर जथाभावी ननिस्कन गरेको आग्रहलाई उलंघन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले दश जना व्यक्तिलाई पक्राउ गरेको छ। चितवनको विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको चितवनका एसपी नान्तीराज गुरूङले सेतोपाटीलाई जानकारी दिए।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि उपस्थित गराउने उनले बताए। ‘जथाभावी सडकमा हिँड्नेलाई नियन्त्रणमा लिएका हौं। दश जनालाई विभिन्न ठाउँमा पक्राउ गरिएको छ। थप पक्राउ हुँदै छन्,’ एसपी गुरूङले सेतोपाटीसँग भने। उनीहरूलाई कारबाही गरिने उनले बताए।

सरकारले सोमबार विहान ६ बजेदेखि एक सातासम्म नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको छ। कोरोनाभाइरस संक्रमित एक जना विरामीको नेपालमा उपचार भइरहेको छ। संक्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाएको हो।

Leave a Reply