काठमाडौंबाट वीरगञ्जसम्म कन्टेनरमा लुकेर आइपुगेका ५२ जना यात्रु नियन्त्रमा!

Flash News पत्रपत्रिकाबाट समाचार स्वास्थ्य

१२ चैत, वीरगञ्ज । सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए । काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु चढेका थिए । उनीहरुले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा दिएको बताएका छन् ।


बुधबार बिहान १० बजेसम्म उनीहरुलाई प्रहरीले छाडेको छैन ।

Leave a Reply