राष्ट्रिय युवा संघ बाँकेका संयोजक बस्यालद्वारा ‘कोभिड १९ रिलिफ फण्ड’मा रू. १० हजार घोषणा

Flash News पत्रपत्रिकाबाट विशेष समाचार स्वास्थ्य

बाँकेका प्रदेश सभासद कृष्णा केसि ‘नमुना’ले कोभिड १९ रिलिफ फण्डको आज बुधबार घोषणा गर्नुभएको छ । सभासद नमुनाको उक्त अभियानमा राष्ट्रिय युवा संघ बाँकेका संयोजक कुस्माखर बस्यालद्वारा १० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

यस अघि सभासद नमुनाको अभियानमा जोडिदै डाक्टर राजन पाण्डेले समेत ५० हजार घोषणा गरिसक्नु भएको छ ।

सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै सभासद नमुनाले आफुले ब्यक्तिगत ५० हजार जम्मा गरेर सो रिलिफ फण्डको सुरुवात गरेको बताउनुभएको छ ।

सभासद नमुनाद्वारा सुरु गरिएको रिलिफ फण्डले कोरोना भाइरसको कारण लकडाउन गर्नु परेको र त्यसबाट दैनिक मजदुरी गरि जिविकोपार्जन गर्ने समुदायलाई परेको असरमा काम गर्ने बताउनुभएको छ ।

Leave a Reply