विश्वभर महामारीकाे रूपमा फैलिएकाे कोरोना (कोभिड – १९) ले नेपाल पनि अछुतो रहन सकेन । नेपालमा कोरोना लाग्न तथा फैलिनबाट रोक्नकै लागि चैत्रदेखि सुरु भयो लकडाउन । कहिले यस्तो नहुँदा मानिसहरु आतिए । लकडाउनले केहि मनसिक तनाब त दियो नै, तर यस् बाहेक भन्छामा दैनिक प्रयोग हुने तरकारीहरुमा भने आत्मा निर्भर बन्न वाध्य बनायो ।
मानिसहरु दैनिक तरकारी किन्ने एउटा चलनमा ब्यस्त थिए तर अब चाँही घरको कौसीमा नै तरकारी कसरी लाउने भन्ने सोच्न थाले । कारण उनीहरुले हल्ला सुने डोके, नाम्ले, ठेलामा ल्याएको तरकारीहरुबाट कोरोना सर्छ । तर ती हल्लाहरु हल्ला मात्र थिए । पहिला पहिला हामी सानो हुँदा सधैं हाडीगाउँमा ताजा तरकारी किन्न जान्थ्यौ, त्यहाका स्थानिय नेवार जातिहरुले आफ्नो बारीको साग बेच्थे । अब त्यस्ता ताजा तरकारीहरु खान बिरलै पाइन्छ ।
त्यसो त लक्डाउन अघि देखि नै कपुरधारा धबु मार्ग बस्ने धुर्व थपलियाले कौसी खेती गर्दै आउनु भएको हो । दैनिक बिहान श्रीमान श्रीमती प्रातकाल आफ्नो टोल नजिक हिंड्नु हुन्छ । घर आउँदा बाटोमा कुनै नर्सरी भए फुलहरुको बीउ बिजन ल्याउने बानी छ भने छिमेकीहरु , आफन्त आदीको घरहरुबाट पनि फुल तथा बोट बिजनहरु एक अर्कालाइ दिएर साटफेर गरेर रोप्ने गर्ने गर्नु भएको छ ।
घरमा कौसी ठुलो छ । पानी को राम्रो ब्यवस्था छ । ठुलो जग्गा छ, घर् को पुछारमा केहि फुलहरु लगाएको देख्न सकिन्छ र फलफुलहरु पनि छन्, जसमा लिची, आभोकाडो, रुद्राक्ष, हलुवाबेद आदि रहेका छन । दैनिक उहाँ कौसीमा अप्रान्ह् ३ बजेदेखि पानी हाल्ने, मलहरु हलेर फुलहरु गोडमेल गर्ने गर्नु हुन्छ । यसरी तरकारी लगाएको उहाले करीब १० बर्ष जति भयो । प्राय उहाको भान्छाको तरकारी त्यहि कौसीबाट् नै निस्कन्छ । फुर्सदको ४,५ घन्टा उहा कौसीमा नै बिताउनु हुन्छ । कहिले पत्नी इश्वरी थपलिया पनि साथ हुन्छिन् ।

उहाका प्राय मौसमी तरकारी, फलफुल, फुलहरु भेटिन्छन । बेलाउती, फिलिपिनो कागती, जापानिज खर्बुजा, धनीया, लसुन, प्याज घिराउला, घिउसिमी, खुर्सानीका बिभिन्न प्रकार, साग, पुदिना, रामतोरिया, कर्कालो, जिरे, अकबारे खुर्सानी, क्याप्सिकन्, बकुल्ला आदी रहेका छन । ती तरकारीहरु कुनै बाथटब, कुनै बालटी, गमला, आजकाल निस्केको ग्रोथ ब्याग, माछा पसलमा पाइने माछा राख्ने भाडो, आदी प्रयोग गरेर उहाले आफ्नो कौसी खेतीलाइ निरन्तरता दिइरहनु भएको छ । यसरी खेती गर्दा उहाहरुले कहिले गाइको मल, पिना, कुखुराको मल र आफ्नै घरमा भएको फोहोर जम्मा गरेर कोम्पोस्ट मल बनाएर तरकारी तथा फुलहरुमा हाल्ने गर्ने गरेको बताउनु हुन्छ ।
उहा प्राय मौसमी तरकारीलाइ नै प्राथमिक्ता दिनुहुन्छ । त्यसो त घरमा तुलसीको बोट, घिउकुमारी, रोजमेरी, सयपत्री, गोदाबारी र केही आउट्डोर् ग्रीन प्लाण्ट पनि देख्न सकिन्छ । आभोकाडो पनि समय समयमा मनग्गे फल्छ । आभोकाडो अरुले खान दिएको बिउ रोपेर फलेको हो । आजसम्म दुई क्विन्टल फलेको छ । यो फल, नेपालीहरुले त्यति नखाने तर स्वास्थ्यका लागि धेरै राम्रो छ । यो आभोकाडो कार्तिक, मङ्सिर, पु मा खान सकिन्छ ।
यसरी तरकारीहरु फलाएर बर्षात मौसममा यही तरकारीले छाक टर्छ । तर हिउँदमा भने किन्न पर्छ । बिउ बिजनहरु कहिले भोटाहिटी, कहिले बालाजु, कहिले कुमारी नर्सारी, आदीबाट ल्याउने गर्नु भएको छ । घरमा सडेर गलेर जाने खाद्य वस्तुहरु जम्मा गरेर मल बनाउने पनि गर्नु भएको भन्नु हुन्छ धुर्ब थपलिया ।
उहाले वडाबाट पनि कम्पोस्ट मलको लागि सहयोगको आशा गर्नु भएको छ । त्यसो त वडाले पनि कम्पोस्ट मल बनाउनको लागि उपकरण दिन्छ भन्ने सुनेको हो तर पाएको छैन उहा भन्नुहुन्छ ।
नया जातका फुल, तरकारी, फलफुलहरु लगाएर उहा अझै यो कौसी खेतीलाइ निरन्तरता दिने सोचमा हुनुहुन्छ । त्यसो त उहा मात्र हैन यो लकडाउनमा थुप्रै मेहनती हातहरु छन जसले कौसी खेतीको नयाँ सुरुवात गरेका छन । यसरी केही बर्षमा यो कौसी खेती ह्वातै बढेको पाईन्छ ।
पहिला पहिला नेवार जातीहरु खेतमा मात्र निर्भर हुन्थे । पछि आएर उनीहरुले घरको छ्तमा धनीया, लसुन, प्याज, टमाटर लगाएर आवस्यक्ता पुरा गर्ने थाले । यसरी उनीहरुले घरमा नै पालेको कुखुराको मल, तरकारीहरुको फोहोरहरु समाह्लेर राखने गरे र यी साना साना तरकारीमा हाल्नका लागि मल बनाउन लागे । त्यसो त उनीहरु खेती किसानी गर्ने भएकोले उनीहरुलाइ यो सहज् भयो ।
पहिला पहिला पूजा गर्नका लागि केही फुलहरु लगाउने गरिन्थ्यो, कौसीमा नै बिभिन्न पुरानो भाडोहरुमा । ब्राह्मण छेत्रीहरुले भने तुलसी पूजा गर्ने भएकोले तुलसी रोप्न थाले चाहे त्यो घरको छ्त होस् वा आगन मा ।
पहिला घरहरुमा बारी धेरै नहुने भएकोले, बाटोमा घर हुनेहरुले कौसीमा नै रोप्ने थाले । त्यसो त दैनिक खानामा प्रयोग हुने धनीया, खुर्सानी, टमाटर आदी प्रयोग गरेर त्यस्को बिज भने त्यतिकै कौसीको गमलाहरुमा फालेको र यी बिउ बिजनबाट नै तरकारीहरु फल्न थाल्यो । यहाँका बासिन्दाहरुले घरकै पुरानो भाडाहरु बाटा, बाल्टी, पुरानो प्वाल परेको भाडाहरु प्रयोग गरि अरु पनि तरकारीहरु रोप्न थाले र बिस्तारै अरुले पनि यो सिको गर्ने थाले र बिस्तारै कौसी खेतीको अवधारणा आएको हुन सक्ने बताउनु हुन्छ बानेश्वर बस्ने सुरेन्द्र पौद्द्याल ।
कौसी खेतीले गर्दा हामीले ताजा र बिसादी नहालेको सब्जीहरु दिन दिनै खान पाइरहेका छौ । जुन हाम्रो स्वास्थ्यको लागि धेरै फाईदा जनक पनि हो ।
त्यसो त घरको कौसीमा कुखुरा पालन गरेर त्यसकै मल हालेर सरकारी धारा बस्ने ज्वाला प्रजापतिले पनि आफ्नो कौसीमा यसरी नै बिभिन्न साग, धनीया, बकुल्ला, ट्यामटर, जिम्बु, खुर्सानी, भटमास्, सिमी आदी रोप्नु भएको छ । उहाँलाइ मलको कुनै चिन्ता छैन । कुखुरा र भान्छाको सडे गलेको तरकारीहरुबाट मल बनाउनु हुन्छ ।
तरकारीको लागि पानीको पनि राम्रो ब्यवस्था छ । बर्सातको पानीलाइ टिनको छानाबाट् पाइप् लगाएर उहाले ड्रममा जम्मा गर्ने गर्नु भएको छ र त्यहि पानी तरकारीहरुमा लगाउने गर्नु हुन्छ ।
यसरी खेती गर्दा माटोको भाँडो, प्लास्टिकको कन्टेनर र अन्य पुन: प्रयोगयोग्य सामग्रीहरूमा घरको छत र बालकनीमा उब्जाउन सकिन्छ। यस बाहेक, छतको बगैचा माटोको भाँडा र प्लास्टिकको कन्टेनरहरू सजाएर अझ आकर्षक र सुन्दर देखिन्छ । हामी दिगो बगैंचा बनाउने र वातावरणलाई अनुकूल वातावरण बनाउन प्लास्टिकको बोतलहरूको पुनः प्रयोग गर्न सक्दछौं । हामी यसलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्छौं।
यसरी खेती गर्दा कहिले काही घरको ढलानमा, कोठामा पानी रसाउने हुन्छ यसको समस्या समाधानको लागि प्लास्टिक सिट राखेर आस्थायी रुपमा वाटर प्रुफिङ गर्न मिल्छ नभए एक तह वाटर प्रुफिङको सिट राखेर अलि कति अलकत्रा लगाएर पनि वाटर प्रुफिङ गर्ने सकिन्छ ।
त्यसैगरि अर्को उपाय भनेको एक तह वाटर प्रुफिङको माथि माटो हालेर पनि खेती गर्न सकिन्छ । नभए गमलामा नै गर्नु राम्रो हुन्छ वा फलामको स्टाण्ड बनाएर त्यस् माथि पनि गमला राखेर गर्न सकिन्छ् । यसरी गर्दा घरको छ्तको ढलानमा पानी रसाउदैन भन्नु हुन्छ डेकोर डिजाईन प्राइवेट कम्पनीकि सहरी बिकास डिजाइनर बिधिता शाक्य ।
हिबिस्कस, बोगेनभिलस, गुलाब, चमेली, झेंडा र जैविक तरकारीहरू जस्तै धनिया, लसुन, मिर्च, प्याज, टमाटर र अन्य मौसमी तरकारीहरू घरको छाना र बालकनीमा उब्जनी गर्न सकिन्छ । छतमा गरिने जैविक खेतीले तरकारीहरूमा कीटनाशकको समस्यालाई समाधान गर्न सक्दछ किनकि उत्पादनहरू रसायनमुक्त हुन्छन ।
हामीले घरको छानालाई जमिनमा परिणत गर्नु अघि ध्यान दिनुपर्दछ । छाना र छानाको अवस्था जाँच गर्नुपर्दछ कि यो प्राविधिक रूपले वाटरप्रूफ छ र खेतीका लागि राम्रो छ कि छैन भनेर । हामी सबैलाई थाहा भएकै छानामा खेतीपातीका लागि पानीको अभाव एउटा ठूलो चुनौती हुन सक्छ, तर बर्खे पानी जमाएर वा सन्कलन गर्ने उपाए पनि यस चुनौतीको सामना गर्ने अर्को तरिका हो।
तर कतिपयले माटोको अभाव, स्थानको अभाव, तरकारीहरु लगाउने तरिका नजान्ने, पानीको राम्रो ब्यवस्था नहुँदा पनि चाहेर पनि कौसी खेती गर्न सकेका छैनन तर अधिकाँश काठमाडौं बासीहरु भने यो लकडाउन शुरु भए पछि भने यसमा धेरै नै निर्भर भएका छन ।
कति त आजकाल सामाजिक सन्जाल मा ग्रुप बनाएर एक अर्कासँग सल्लाहहरु लिएर पनि कौसी खेती तर्फ उन्मुख हुँदै छन, जस्ले हामीलाई दैनिक एक छाक तरकारी किनेर खान नपर्ने बनाएको छ ।
यहाँ भएका नर्सारीहरुले पनि कौसी खेतीको लागि चाहिने अवाश्यक सामाग्रीहरु उपलाब्ध गराउदै आएका छन । त्यसैगरि मल मिसाएको माटो पनि बोरामा किन्न सकिन्छ । घरमा नै कम्पोस्ट मल बनाउन पनि सकिन्छ भने बजारमा पनि राम्रो मलहरु पाउन सकिन्छ । यसरी मल बनाउनका लागि बिभिन्न तालिम पनि लिन सकिन्छ भने युटुब तथा सामाजिक सन्जालबाट पनि बिभिन्ने तरिकाहरु सिक्न सकिन्छ ।
गमला नै नहुँदा पनि ग्रोथ ब्याग किन्न पाउनुका साथै पुरानो चामलको बोराको सिलाउन पनि सकिन्छ । गर्न चाहनेहरूका लागि उपाय धेरै छन ।
सानो ठुलो परिवारहरुलाइ भने स्वच्छ, ताजा मौसम अनुसार तरकारी रु खान पाउने सुविधा दिएको छ र मेहनत र जागर बढाएको छ । त्यसैगरि समय र स्वास्थ्यको लागि पनि बहुउपयोगी रहेको छ ।
त्यसो त काठमाडौं महानगरपालिकाले पनि सहरी हरियालीलाई बढावा दिन राजधानीका १५० घरपरिवारलाई छाना र टेरेस फार्मिंङ प्रशिक्षण दिने योजना बनाइरहेको छ।
काठमाडौं महानगरपालिकाका अनुसार भीमसेनकोला, सिनामंगल, बुद्धनगर, कलंकी, टेकु र डल्लुका छानिएका घरपरिवारलाई तरकारी, जडिबुटी, मसला, फूल र फलफूलको छानामा टेरेसका बारे अभिमुखीकरण र तालिम दिइनेछ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन प्रभागले भने, घरपरिवारलाई वर्मी कम्पोस्ट तयारी, फोहोर अलग्गै राख्ने, नर्सरी व्यवस्थापन, वर्षा-पानी संकलन र बिरुवाको छाँट र संरक्षणका उपायहरूबारे प्रशिक्षण दिनेछ।
प्रशिक्षणका क्रममा प्रत्येक घरपरिवारलाई बगैंचाको लागि कम्पोस्ट डिब्बा, पिक्याक्स, कैंची, पानी र अन्य आवश्यक उपकरणहरू उपलब्ध गराइने छन ।
यसरी अहिलेको समाज कौसी खेती तर्फ धेरै नै अगाडि बढिरहेको पाईन्छ । एक पटक को लगानी ले धेरै प्रतिफल दिएको छ तर कौसी खेती ले अब कुन रुप लिने छ भन्ने हेर्न बाक बाकी छ । कौसी खेती लाइ सामाजिक सन्जाल ले पनि धेरै नै प्रचार प्रसार गरिरहेको छ ।
भिडियो
रिचा श्रेष्ठ तिवारी
सरकारी धारा – २६, काठमाण्डाैं ।