एजेन्सी । अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ बच्चाको ज्या न लि’ए की छन् । बागलुङ्ग घर भएकी भट्टराई थरकी ३१ वर्षीया ती महिलाले ८ महिनाका छोरा र दुई नाबालक छोरीको ज्या न लि’एकी हुन् । जेठो छोरीलाई जि’वि’तै फेला पारिएको भएपनि उनको पनि उपचारका क्रममा निधन भएको छ । तीन बच्चा मध्ये सबैभन्दा सानो बच्चा ८ महिनाको दुई छोरीहरु नौ र तीन वर्षका थिए।
घटना पछि ती महिलाले बिहान ५ बजे र २० मिनेटमा आफै प्रहरीलाई खबर गरेकी थिइन् । उनी आफैले पनि देह त्याग गर्ने कोशिष गरेको प्रहरीलाई बताएकी थिइन् । तर प्रहरी पुग्दा उनी घटनास्थलमै थिइन् । ९ वर्षकी छोरीलाई अस्पताल लगिएको भए पनि चिकित्सकले बचाउन सकेनन् ।
बाग्लुङ्ग घर भएका ३४ वर्षीय अर्याल थरका पुरुषले १० वर्ष अगाडि कुनै आफन्तले चिनेजानेको आधारमा विद्यार्थी भिसामा ल्याएर बुटवलकी २१ वर्षीया भट्टराई थरकी युवतीलाई अष्ट्रियामा सन् २०१० मा विहे गरेका थिए। तर पछिल्लो समय उनीहरु अलग बस्न थालेका थिए । उनीहरुले संगै अक्टुबर ३ म ३ वर्ष पुगेकी छोरीको जन्मदिन मनाएको फोटो र भिडियो पनि सार्वजनिक भएको थियो । घटनाको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताएको छ।
ट्रम्पको मूर्ति बनाएर घरमा पूजा गर्ने कृष्णको कथा
मानिसहरु जव फ्यान भए भने कति सम्म गर्न सक्छन् भन्ने उदाहरण भारतमा एक जनाले देखाएका छन् । भारतका बुस्सा कृष्ण नाम गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भक्त थिए । उनले ट्रम्पलाई भगवान मानेर दैनिक पूजा गर्ने समेत गरेका थिए । जसका तस्बिर र भिडियो निकै भाइरल भएका थिए । ति कृष्णको निधन भएको छ ।
ट्रम्पका अन्धभक्त दक्षिणी तेलंगनास्थित कोन्ने गाउँका बुस्सा कृष्णको हृदय घा’तको कारण निधन भएको द न्युयोर्क टाइम्सले जनाएको छ। उनले आफ्नो घरमा ट्रम्पको मुर्ती बनाएर नित्य पूजाआजा गर्ने गरेका थिए । उनले आफ्नो घरपछाडि ट्रम्पको मूर्ति नै स्थापना गरेका थिए। किसान पृष्ठभूमिका उनी ट्रम्पको मूर्तिलाई हरेक बिहान पूजाआजा गर्थे।
कृष्णको निधन ट्रम्पलाई कोरोना भएपछिको त’ना’वका कारण भएको पारिवारिक स्रोतले जनाएको छ। अक्टोबर २ मा अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना पुष्टि भएपछि उनी त’ना’वमा थिए।