पाँचथर जिल्ला भारपा गाउ पञ्चायतको वडा नम्बर २ मा २०२७ सालमा बुवा स्वर्गिय सोमनाथ ओडारी तथा स्वर्गिय माता जानुकादेवी ओडारीको कोखबाट जय ओडारीको जन्म भएको थियो । ६ जना दिदीहरू र २ भाइ मध्ये कान्छो जय ओडारी २०३६ सालमा झापा स्थायी बसोबासका लागि आउनुभएको थियो ।
झापाको दमकमा बसोबास गर्नु भएको ओडारी भानु मावि लालझोडामा कक्षा ७ सम्म पढ्नुभएको थियो । त्यसपछि राधिका मावि उर्लाबारी मोरङबाट एसएलसी लगायत प्रविणता प्रमाण पत्र तह (आई ए) पास गर्नुभयो । त्यसपछि एकाएक राजनैतिक क्षेत्रमा होमिनु भएको ओडारी हरेक सामाजिक क्षेत्रमा लाग्नुभएको थियो ।
२०६२/०६३ को गणतान्त्रिक जनआन्दोलनमा समेत सरिक हुनभएका ओडारी घरयासी समस्याका कारण सुखद र दुरदर्शी भविष्यको परिकल्पना गर्दै नेपाल र नेपाल आमाको ममतालाइ कोखमा च्यापेर २०६३ साल असार ०३ गते शनिबार बैदेशिक रोजगारीका लागि इजरायल प्रस्थान भएको थियो ।
वास्तवमै आफ्नो जन्मथलो छाडेर अर्को ठाउँ सर्दा त मन कति भक्कानिन्छ भने यहाँ त जिल्ला मात्रै होइन एक देश, त्यो पनि आफुले जन्मेको धर्तीमातालाई नै त्यागेर अर्काको देश, जहाँ न कुनै परपरसम्मका नातेदारहरू छन्, न भाषा मिल्छ न सँस्कृति नै, जानुको पछाडि नेपाली हुनुको पीडा कतै कतै रहेकै हुन्छ । गर्वका साथ मेरो नेपाल, म नेपाली भनेर हिडिए पनि पारिवारिक अव्यवस्थित जीवन, आर्थिक अभावले म र म जस्ता लाखौं नेपालीहरू मातृभूमि त्यागेर परदेशमा पसिना बगाउन जानु विकल्प रहदैन ।
नेपाली भएर जन्मनु भनेको झण्डै झण्डै विदेशीका लागि पसिना बगाइदिनु हो भन्दा त्यति अनर्थ नलाग्ला । साँच्चै विदेशीहरूका लागि हाम्रो पसिनाले मिलियन डलर कमाइदिएर आफुले केहि अंश पाउनु त्यति ठुलो कुरा होइन । फेरिपनि निर्धक्क भन्नु पर्छ, हाम्रो परिवार चलेकै विदेशीको पैसाले हो । अझ अप्ठेरो पर्दैन भने यति चै भन्न सक्छु नेपाल चलेकै विदेशी पैसाले हो । ओडारी र ओडारी जस्तै लाखौं नेपालीहरूले विदेशमा खर्चेको पसिनाहरूले हो भन्दा अतिसयोक्ति नहेला ।
कामदारको रूपमा इजरायल पुग्नुभएका ओडारी इजरायलमा गर्नुपर्ने आफ्नो रोजीरोटीका काम बाहेक नेपाल र नेपालीहरूका लागि आवस्यक परेका समस्याहरूमा सहयोगीका रूपमा पनि अग्रपंक्तिमा हुनुहुन्थ्यो । यसै क्रममा झापाली समाज इजरायलको सँस्थापक संरक्षक रहनुभएका ओडारी तत्कालिन मातृभूमिका लागि युवा अभियानका संगठन प्रमुख तथा सलोम मुभमेन्टका सँस्थापक र विभिन्न सँस्थाहरूका सल्लाहकार समेत रहनुभएको छ ।
आफ्नै देशमा बसेर देशका लागि केही गर्ने सोच बोकेका जय प्रसाद ओडारी पारिवारिक अवस्था र देशको अबस्थाले करिव १४ बर्ष अगाडि बिदेसिन बाध्य भएको थियो । कामको सिलसिलामा लामो समय इजरायलमा रहे पनि आफ्नो देश प्रतिको आफ्नो दायित्व कहिलै नभुलेको उनि बताउछन ।
परदेशी भूमि इजरायलमा लामो समयदेखि पसिना बगाएका ओडारी २ बर्ष अगाडि नेपाल छुट्टीमा फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि आफ्नो युवा अवस्था नै अर्काको देशमा समर्पित गर्नु परेको पीडा एक्कासी मनसपटलमा आयो र म भावुक हुँदै जन्मदिने आमा र जन्मेको भुमी उस्तै मानेर स्वर्ग जस्तो सुन्दर देशको भूमिमा पाइला टेक्ने बित्तिकै शिर झुकाएर नमन गरेको उनि बताउँछन् । त्यो मेरो फोटो कसले खिच्यो मलाइ थाहा थिएन तर अहिले २ बर्षपछि फोटो भाइरल गराएकोमा गर्व लागेको छ उनी बताउँछन् । साथै फोटो जस्ले खिचेका हुन् वहाँलाइ धन्यवाद दिदै सम्पर्कमा आए केहि प्रोत्साहन समेत गर्ने बताउँछन् ।
देशको माया देशमा रहनेलाई भन्दा परदेशमा बस्ने नेपालीहरुलाई झन बढि हुदोरहेछ । मैले त्यत्रो कसैले गर्न नसकेको काम गरेजस्तो त लाग्दैन, मात्रै आफ्नो जन्मभूमि प्रति कर्तब्य र भक्तिभावका साथै देश प्रतिको श्रदा प्रकट गरेको थिए । तर एकाएक त्यो समयमा कसैले फोटो खिचेको रहेछ, र अहिले आएर यसरी भाइरल भएछ, मलाई नै थाहा थिएन । एक्कासी समाजिक सञ्जालमा देखेपछि र साथीभाइहरूले भाइलादाइ समेतको नाममा फोटो शेयर गरि सम्मान गरेको पाएपछि मन प्रफुल्लित बन्यो । भाईरल तस्विरले दिईएको संदेशमा तमाम नेपालीहरुले गर्नु भएको सकारात्मक कमेन्ट र आफ्नो जन्मभूमि प्रति अगाढ माया सद्भाव प्रकट गरेकोमा खुशी ब्यक्त गर्दै हार्दिक धन्यवाद ब्यक्त गर्दछु, उनले भने ।