क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना भएको पुष्टि गरेका हुन्।
लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो। तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन्। होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु। तपाईंहरु मलाई आशिर्वाद दिनुस्।’
नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीलाई बुधबारदेखि बन्द प्रशिक्षणमा बोलाएको थियो। उसले बन्द प्रशिक्षणमा राख्नु पहिले सबै खेलाडीको कोरोना परीक्षण गरेको थियो।
जसमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहित पौडेललाई संक्रमण पुष्टि भएको थियो।