काठमाडौं– डि.एस.डिजिटल सिनेमाको ब्यानरमा सामाजिक विषयवस्तुमा आधारित वेब सीरीज ‘प्याकुली’ को छायांकन प्रारम्भ भएको छ । समाज भित्रका विभिन्न घटनाक्रम तथा युवा–युवतीबीको सम्बन्धको आरोह–अवरोहलाई यो वेब सीरीजमा मुख्य विष बनाइएको छ ।
मीन अधिकारीको निर्माण तथा सञ्चारकर्मी रोशन पोख्रेल को सह-निर्माणमा यो वेब सीरीज निर्माण हुन लागेको हो । काठमाडौं आसपास नै यो सीरीजको छायाँकन भैरहेको छ । कृष्ण पाण्डेको छायांकन, देव महर्जनको द्वन्द निर्देशन रहने यो सीरीजलाई विश्वास भण्डारीले सम्पादन गर्दैछन् ।
राजेन्द्र बजगाइँ, पुष्कर सुनुवार, बिनोद गुरुङ र शंकर अधिकारी घायलको संगीत तथा देव धिमालको नृत्य निर्देशन रहेको यो सीरीजमा मुस्कान रेग्मी , प्रीतिका शर्मा, रोशिका राया, गंगा कुँवर, पदम सुनार, राम शरण खत्री, राजन श्रेष्ठ, ज्योति पुडासैनी,बिनु वाइवा, देव महर्जन आदि कलाकारले अभिनय गरिरहेका छन् ।
सीरीजमा नित्याशिवा र राजेन्द्र बजगाइको स्वरको गीत पनि समावेश हुने निर्देशक शंकर अधिकारी घायलले बताएका छन् ।
Hi, for all time i used to check website postgs here in the early hours in the morning, forr the reason that i like too learn more aand more. Grayce Andonis Deach