काठमाडौं ।
संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।
प्रतिनधिसभा विघटन संविधानको मर्म र भावना विपरित- बामदेव गौतम
काठमाडौँ- नेकपा उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभा भंग गर्ने निर्णय संविधानको मर्म र भावनाविपरित भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको सिफारिसमा तटस्थ रहेको बताएका गौतमले राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग नै भएको सूचना बाहिरिएपछि भने उक्त कदमको भर्त्सना गरेका छन् ।
गौतमले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘गत आम निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैर संवैधानिक कदम गलत र भर्त्सना योग्छ छ।’