काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजनलाई दिएको अन्तरवार्तामा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पीयाधुरा नेपालकै भएको प्रष्ट जवाफ दिएका छन् । उनले वार्ताको माध्यमवाट भारतसंगको सिमा समस्या समाधान गर्ने पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीले बालुवाटार स्थित आफ्नै कार्यकक्षमा सोमवार भारतीय टेलिभिजन जीन्युजलाई अन्तरवार्ता दिएका थिए । उनले प्रधानमन्त्रीका हिसावले आफ्नो र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हैसियत पनि समान भएको स्पष्ट जवाफ दिएका छन् । उनले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौकिता बराबरी हुने बताएका हुन्।
दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको नभइ समान हैसियत भएको स्पष्ट पारेका छन्। पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिँदै ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताए।
ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको पनि स्पष्ट सन्देश दिएका छन्। उनले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए।
उनले नेपाल भारत र चीनलाई फरक ढंगले व्यवहार गर्ने नभइ पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अंगिकार गरिरहेको बताए। ओलीले नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देश विरुद्ध आफ्नो जमिन वा आकास प्रयोग गर्न नदिने बताए।
प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशमा शान्ति कायम भएमा नै नेपाल पनि सुरक्षित हुने बताएका छन्। भारत र चीन दुवै देशले चाहेमा आफू मध्यस्थता गर्न तयार रहेको पनि उनले बताए।
भिडियोः