काठमाडौ । गत हप्ता रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का निर्णायकहरु घोषणा गरियो । यसअघिको सिजनमा गायिका आस्था राउत निर्णायकका रुपमा थिइन् । सिजन ३ मा भने उनको सट्टा तृष्णा गुरुङलाई निर्णायक बनाइएको छ । गायिका राउत विवादमा आएका कारण उनलाई हटाइएको आँकलन गरिएको छ ।
गतवर्षको ‘द भ्वाइस अफ नेपाल’ मा आस्थाको निर्णायक भूमिकालाई रुचाइएको थियो । यसपटक भने टिमले आस्थालाई शोमा निर्णायक बनाएको छैन । पुरुष निर्णायकहरु दीप श्रेष्ठ, राजु लामा र प्रमोद खरेल भने यथावत् नै छन् । यता गायिका राउतले भने द भ्वाइस अफ नेपालको सिजन ३ मा आफूले समय दिन नपाएकाले छाड्नुपरेको बताएकी छिन् । अरु सिजनमा भने आफू जोडिन सक्ने पनि उनले स्पष्ट पारेकी छिन् ।
गायिका राउतको भनाई अनुसार द भ्वाइस अफ नेपालका लागि समय दिन उनले नसकेको हुनाले तृष्णा गुरुङलाई निर्णायकको रुपमा राखिएको हो । आस्था भन्छिन्,‘केही समय म व्यस्त बनेँ । कार्यक्रममा सिलसिलामा व्यस्तता झनै बढ्यो । उनी कार्यक्रमका लागि काठमाडौंबाहिर जान लागेको पनि बताइन् । स्टेज कार्यक्रम र नयाँ गीतको तयारीमा लागेको कारण आफूले ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का लागि समय दिन सकिन ।’