एजेन्सी । सडक भन्ने वित्तिकै मानिसहरुका आवतजावत गर्ने ठाउँ भनेर बुझिन्छ । कहिले काहीँ सडकमा मानिसहरुको साटोमा पानी, फोहार, हिलो वा ढल बगेको पनि देखिन्छ । तर सडकमा चकलेटको नदि बगेको देख्नु वा सुन्नु यो भने निकै नै अचम्मको कुरा हो । पानी, फोहोर वा ढल बग्दा यसकारणले सामान्य लाग्छ किनभने सडकको छेउमा नदी, खोला या तालतलैया हुने गर्दछन् ।
तर सडकसंग चक्लेटको त कुनै सम्बन्ध नै छैन । जब सम्बन्ध नै छैन भने कसरी सडकमा चक्लेटको नदी बग्न सक्यो होला त ? यो एउटा प्रश्न छ । जर्मनीको वेस्टोनन नामक शहरको सडकमा अचानक भारी मात्रामा चकलेट बग्यो । त्यो देख्ने बित्तिकै त्याहाँ स्थानियहरु अचम्मित त भए नै साथै उनीहरु डराए पनि ।
उनीहरुको भनाई अनुसार त्यो सबैलाई आश्चर्य पार्ने चक्लेटको नदि थियो । कसरी सडकमा चक्लेट बग्यो त भन्ने कुरा पत्ता लगाउँदा वेस्टोननमा एक चकलेटको उद्योग रहेछ । त्यही उद्योगबाट चकलेट स्टोरेजको एक ट्यांक लीकेज हुँदा सडकमा चकलेट बगेको रहेछ ।लिकेजको मात्रा ठूलो भएको हुनाले उद्योगबाट एक टन चकलेट १ हजार अर्थात १ हजार लिटर चकलेट सडकमा बगेको थियो ।
यसका कारण केहि घण्टासम्म उक्त सडकमा आवागमन बन्द भएको थियो । सडकमा सवार यातायतको साधन र यात्रुहरु चिप्लिएका थिए । धेरै मात्रामा सडकमा चकलेट बगेपछि फायर ब्रिगेड बोलाएर उक्त बगेको चक्लेटलाई सफा गरिएको थियो ।