एजेन्सी ।रुसी रास्ट्रपति भ्लादिमिर पुटिनका राजनीतिक प्रतिद्वन्द्वी एलेक्स नभाल्नीले आफ्नो ब्लगमा गम्भीर आरोप लगाएका छन् ।एलेक्सीका अनुसार पुटिनसंग १ अर्ब पाउन्ड पर्ने भब्य महल छ र उनले आफ्नी पुर्वप्रेमिका र ती प्रेमिका बाट जन्मिएकी छोरीका लागि पानी झै पैसा बगाउछन।नभाल्नीको दावीअनुसार पुटिनको घरमा स्टृप क्लब ,क्यासिनो,डान्स म्याट,थिएटर जस्ता बिलाशी सुबिधा छन् ।यहाँ एक बन्दरगाह ,परमिट सिस्टेम र बोर्डर चेक प्वाइन्ट पनि छ।
नभाल्नीले आफ्नो पछिल्लो भिडियोमा पुटिनकी छोरी लुइजाको बारेमा पनि कुरा गरेका छन् ।९० को दशकमा लुइजाको आमा हाउसकिपर थिइन् । त्यतिबेला उनको पुटिनसंग भेट भएको थियो ।स्वेतलानले अर्थशास्त्रमा डिग्री पनि लिएकी थिइन् तर त्यो समय उनी सरसफाइको काम गर्थिन।पुटिन त्यतिबेला एफएसबीका प्रमुख थिए र विवाहित थिए ।
२००३ मा पुटिनकी लभ चाइल्ड भनिने एलिजावेत्ता वा लुइजाको जन्म भएको थियो ।त्यसपछि २००३ को आसपासमा पुटिन आफ्नी पत्नी संग छुट्टिएका थिए। द सनको रिपोर्टअनुसार एलेक्सीले लुइजको इन्स्ट्रागाम बारे कुरा गरेका छन् ।लुइजाले आफ्नो इन्स्ट्रागाममा विभिन्न बिलासी सामानहरु सहित पोस्ट गरेकी छिन् ।उनले लगाएको मास्क,बसेको अपार्ट्मेन्ट,खाएको कक्टेल देखि अन्य कुरा देख्दा अचम्म लाग्ने गर्छ ।
४५ बर्षकि स्वेतलना जब ९० को दशकमा पुटिनसंग भेटेकी थिइन् त्यतिबेला साधारण सरसफाइ कर्मचारी थिइन् ।तर आज उनी धेरै धनी महिला हुन् र रसीया बैंकमा सेयरहोल्डर पनि हुन् ।स्वेतलनाले ९० को दसकमा पुटिनसंग भेटिन।२००३ म उनले लुइजालाइ जन्म दिइन् ।त्यसपछि उनले पुटिनका कुलीन साथिहरु बाट अपार्टमेन्ट प्राप्त गरिन।पुटिनको सन्तान जन्माएपछी उनले रसीया बैंकमा बैंक सेयर बनिन् ।
एलेक्सी बिगत ५ महिनादेखि जर्मनीमा थिए।उनिमाथी मस्कोमा आक्रमण भएको थियो ।एलेक्सीले पुटिनमाथी आरोप लगाउदै पुटिनका मानिसहरूले उनलाई बिष दिने प्रयास गरेको बताएका थिए।जर्मनी बाट रुस फर्किएपछि उनलाई पुनः जेल हालिएको छ।पुटिनको यो निर्णयको कयौ देशले आलोचना गरेका छन् ।