रमेश मानन्धर, गाउँले, क्याक्मी । विगतको वर्षहरूमा जस्तै यस वर्ष पनि हरिनास गाउँ पालिका – ६ गैराखोलामा साविकको वडा स्तरीय “गैराखोला पुरूष भलिबल खेल २०७७” हुने भएको छ । यहीँ फागुन ७ गतेदेखि ११ गतेसम्म हुन गइरहेको भलिबल गेममा विगतमा भन्दा यस वर्ष खेलाडी तथा दर्शक वढी भित्र्याउने लक्ष्यका साथ जोड तोडले अगाडि बढिरहेको कुरा जनजागरण युवा क्लबका अध्यक्ष रमेश मानन्धरले जानकारी दिनुभयो ।
खेलको उद्घाटन फागुन ७ गते प्रजातन्त्र दिवसक दिन हरिनास गाउपालिकाका उपप्रमुख झन माया पराजुलीबाट हुने जानकारी छ । साथै उक्त खेलबाट हरिनास – ६ साविकको क्याक्मी २ मा रहेको अपांगहरुलाइ केही राहत पुगोस् भन्ने हुतुले अपांगहरूलाई सम्मान गरिने कुरा मानन्धरले जानकारी दिनु भयो । फागुन ७ गतेदेखि हुने “गैराखोला पुरूष भलिबल प्रतियोगिता”को समापन १२ गते हरिनास गाउपालिका प्रमुख खिम नरायण मानन्धरबाट हुने छ ।
समापनको दिन ख्यातिप्राप्त गायक गायिकाहरूको बेजोड प्रस्तुति रहने कुरा अध्यक्ष मानन्धरले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा प्रथम पुरुस्कार रु. ४० हजार साथमा मेडल र प्रमाणपत्र द्वितिय पुरुस्कार रु. २५ हजार साथमा मेडल र प्रमाणपत्र र तृतीय पुरुस्कार रु १५ हजार साथमा मेडल र प्रमाणपत्र रहनेछ ।
खेल साविकको वडा स्तरीय हुने छ भने खेलाडीहरुले आफ्नो साथमा नागरिताको प्रतिलिपी लिएर अाउनुपर्ने कुरा अध्यक्ष मानन्धरले जानकारी दिनु भयो ।खेलाडी मित्रहरूले फागु ६ गते भित्रै टिम दर्ता गराइसक्नुपर्ने छ टिम दर्ताको लागि फोन बाट पनि टिपाउन सक्ने कुरा मानन्धरले जानकारी दिनुभयो । त्यसको लागि खेल संयोजक सागर मानन्धर ९८०४१५०४८८ र सनु मानन्धर ९८१६६६२५७० मा सम्पर्क गर्न सकिनेछ । खेल टि टी सिस्टम बाट खेलाइने छ ।
केहि झलकहरूः