प्रजातन्त्र दिवसको अवसरमा हरिनास ०६ गैराखोलामा सञ्चालित भलिबल प्रतियोगितामा आज भएका खेलहरूमा विभिन्न समूहहरूमा बिजय हुने टीमहरू यी हुन् ।
आजको खेलमा पहिलो खेल सालडाँडा र अग्रिडाँडाको बीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सालडाँडाले २ सेट नै खेल जितेर बिजय हुन सफल भएको छ । खेल २५ – १९ र २५ – ११ को सोझाे सेटमा सालडाँडाले जितेको थियो ।
अर्को खेल क्याक्मी कै धेँगाछाप र चाङ्सिङ टीम बीच प्रतिस्पर्धा भएको थियो । उक्त् खेलमा चाङ्सिङ टीमले बिजय हात पार्न सफल भएका छन् । खेलमा एक सेट धेँगाछापले जितेको थियो भने लगातार २ सेट जितेर चाङ्सिङ टिम बिजय भएको थियो । आजको खेलमा १३ – २५, २५ – १३ र २५ – १८ अङ्क तालिका सहित चाङ्सिङले बिजय हात पारेको थियो ।
आजै भएको पुर्कोट र गैराखोला टीम बीच भएको प्रतिस्पर्धामा गैराखोला टीम बिजय भएको थियो । उक्त खेलमा लगातार २ खेल नै गैराखोलाले जीत हात पर्न सफल भएको थियो । सो खेलामा २५ – १५ र २५ – १९ अङ्क तालिका सहित २ खेलमै गैराखोलाले जीत हासिल गर्न सफल भएका थियो ।
आज नै भएको धुर्कोट र खानीखोला टीम बीच भएको प्रतिस्पर्धामा धुर्कोट टीमले बिजय हासिल गर्न सफल भएको छ । उक्त खेलमा भएको ३ सेट खेलमा २ सेट धुर्कोटले जितेर बिजय हात पार्न सफल भएको थियो । उक्त खेलमा २५ – १३, २३ – २५ र २५ – १६ सहित धुर्कोट टीम बिजय भएको हाे ।
त्यस्तै आजै भएको काम्ती रर बडरभञ्ज्याङ् बीच भएको खेलमा बडरभञ्ज्याङ समूहले बिजय हात पारेका छन् । २ खेलको सोझो सेटमा जित हासिल पार्न बडरभञ्ज्याङ र काम्ति बीचको २ सेटमा २५ – २१ र २५ – १५ को सोझो सेेटमा बडरभञ्ज्याङ समूहले जितेका थिए ।
यस्तै आजै भएको हिलेमर्याङ र सालडाँडा बीच भएको खेलमा सालडाँडा टीम बिजय भएका छन् । खेलको सोझो २ सेट नै जितेर सालडाँडा बिजय भएको थियो । यस खेलमा २४ – १८ र २५ – २३ अङ्क सहित सालडाँडा बिजय भएका थिए ।
अर्को लामडाँडा र धुर्कोट टीमहरू बिज भएको खेलको प्रतिस्पर्धामा लामडाँडा टीमले सोझो २ सेट नै जितेर बिजय भएका छन् । उक्त खेलमा २५ – २२, २५ – २१ को सोझो सेटमा लामडाँडा बिजय भएका थिए ।
त्यस्तै आजको अन्तिम खेलमा आयोजक गैराखोला र चाङसिङ बीच भएको खेलको ३ सेत मध्ये २ सेट आयोजक गैराखोलाले जित हात पार्न सफल भएको छ । उक्त खेलमा २५ – १५, २१ – २५ र २५ – १४ अङ्क सहित आयोजक टीम बिजयी भएको थियो ।