एउटा घर छ लुकेको रहर छ
आफन्त बिछोडिदै गएको शहर छ ।
पुरानो जो थोत्रो सायद म एक हुँ
फालिन बाँकी केवल एक पहर छ ।
हिँडाएँ ताते उसलाई लाठे बनाएँ
उसैले प्रहार त्यो गरेको ठहर छ ।
रोपेको छु फूल हालेकोछु मलजल
नसम्झे है यसमा घोलेको जहर छ ।
गजलकार
देवकी ढकाल ‘अनुउदासी’