काठमाडौँ, ८ पौष । क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा ‘हेर्दहेर्दै’ मा राखिएको छ ।
सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ । आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ । सोमबार र मंगलबार सार्वजनिक विदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ ।
आइतबारदेखि जिल्ला अदालतको बन्द इजलासमा मुद्दाको सुनुवाइ भएको हो । आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए । बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
क्रिकेटर सन्दीप लामिछानेमाथि गत वर्ष एक किशोरीलाई होटलमा लगी बलात्कार गरेको अभियोग छ ।